नवबिबाहितको अनौठो शौखले खोरको बास


अमेरिकाको पेलसल्भेनियामा एक नवविवाहित जोडीको अनौठो सनकले उनीहरुलाई अपराधी बनाएको छ । पति पत्नीले एक अपरिचतलाई विज्ञापनको माध्यमबाट सेक्सको प्रलोभन दिएर आफ्नो जालमा पारे र आफ्नो अनौठो इच्छा पूरा गर्न हत्या गरे ।

प्रहरीका अनुसार २२ वर्षीय एलीट बारबरमाथि ४२ वर्षीय ट्राय ला फेरेराको हत्याको आरोप लागेको छ । गत ११ नोभेम्बरमा भएको हत्याको आरोप एलीटीकी १८ वर्षीया पत्नी मिरान्डालाई लागेको छ । उनीहरु दुबै बर्न-किलर भएको प्रहरीको आशंका छ ।

एलीट बारबर र मिरान्डा नर्थकेरोलिनामा विवाह गरेर पेलसेल्भिनिया आएका थिए । प्रहरीका अनुसार एलीटले एक अपरिचत व्यक्तिको हत्या गर्न विचित्रको योजना बनाएको स्वीकार गरेका छन् । उनका अनुसार उनको र पत्नी मिरिन्डाको ठूलो इच्छा थियो कि दुबै जना मिलेर कुनै अपरिचित व्यक्ति हत्या गर्ने ।

विवाह गरेको तीन सातापछि एलीट र मिरान्डाले ११ नोभेम्बरमा फेरेरालाई एक पार्किङमा सेक्सको बहानामा बोलाए । फेरेरा आएपछि पति पत्नीले मिलेर हत्या गरेको प्रहरीको आरोप छ । प्रहरीलाई दिएको बयानमा एलीटले भनेका छन्-’म आफ्नो पत्नीको रातो रंगको होन्डा सीआरवीको पछाडिको सिटमा कम्बल ओढेर बसेको थिए । जब फेरेरा पूर्वसहमति अनुसार मेरो पत्नीलाई भेट्न आए ।

उनले मलाई इशारा गरिन् । लगतै मैले उनको गर्धनमा मुड्कीले हानेँ । मैले उनको घाँटीमा केबल तार बेर्न थालेँ, त्यसपछि मिरान्डाले फेरेराको शरीरमा चक्कु हानिन् ।’ प्रहरीका अनुसार फेरेराको शरिरमा २२ पटक चक्कु प्रहार भएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.