हडतालमा उत्रिएका ४ सय नेपाली घर पठाउँदै

  
खाना समेत नदिइएको गुनासो
दोहा (कतार), मंसिर २६ - अत्यन्त न्यून तलबमा काम गर्दै आएका चार सय जना नेपाली हडतालमा उत्रिएपछि सोमबार कतारको प्रहरीले क्याम्पबाट उठाएर स्वदेश पठाउन डिपोर्टटेसन सेन्टरमा ल्याएर राखेको छ । त्यस कम्पनीमा ६ महिनादेखि १४ वर्षसम्म काम गरेका नेपाली छन् । कतारको न्यू सहेलियास्थित भुरुभूमि नजिक क्याम्पमा राखिएका ती नेपालीले कम्पनीबाट खानासमेत प्रबन्ध नगरिदिएकाले घर फिर्ता गरिदिन माग राख्दै हडतालमा उत्रिएपछि प्रहरीले डिपोर्टटेसन सेन्टरमा ल्याएर राखेको हो ।  उनीहरू शुक्रबारबाट हडतालमा उत्रिएका थिए ।

उनीहरू एक्सबोल्वोरालो कम्पनीमा कार्यरत हुन् । राजधानी दोहा नजिकै रहेको सनैयामा बस्दै आएका उनीहरूलाई कम्पनीले गत बिहीबार ेदेखि न्यू सहेलियास्थित क्याम्पमा राखिएको थियो । त्यहाँ राखेपछि आफूहरूले खानासमेत नपाएको बताए । उनीहरू बस्ने त्यस क्षेत्र भरुभूमि भएकाले आवातजावत गर्न कठिन छ । २५ जना रहेको त्यस कम्पनीमा एक हजार नेपाली कामदार अर्को क्याम्पमा रहेका छन् ।  'हाम्रो न्यूनतम तलब ४ सय ५० रियाल हो । खानाका लागि छुट्टै रकम छैन', ६ वर्षदेखि त्यस कम्पनीमा कार्यरत सिराहाका रमेन्द्र महतोले भने, 'फेरि क्याम्पमा खानाका लागि प्रबन्ध छैन । आफैंले किनेर ल्याउन नजिक पसल छैन । पसल जान गाडी छैन ।'

अर्का कामदार वीरेन्द्र महतोले कम्पनीले भिसाबापत वाषिर्क रूपमा ६ सय रियाल काट्ने गरेको बताए । 'दैनिक दुई घन्टा ओभरटाइम गर्दा बल्लतल्ल नौ सय रियालसम्म हात पर्छ', उनले भने, 'त्यसमा पनि भिसाको पैसा काट्ने गर्दा हामी निकै हैरानी सस्ती खेप्दै आएको हो ।'

खाना नपाएको झोंकमा शुक्रबार बिहानदेखि उनीहरूले हडताललाई कडा बनाएका थिए । क्याम्पभित्रै आफ्ना मागहरू राख्दै माइकिङ गरेका थिए । 'न्यूनतम तलब सरकारले तोके बमोजिम ९ सय र खानामा ३ सय गरी १२ सय रियाल हुनुपर्छ । अहिलेसम्म काटेको भिसा शुल्क फिर्ता दिनुपर्छ । बोनस दिनुपर्छ',  नौ वर्षदेखि कार्यरत धनुषाका रामबाबु यादवले भने, 'यो कम्पनीले नदिने भनेपछि घर फिर्न राजी भएको हो ।'

हडतालमा उत्रिएपछि प्रहरीले शुक्रबारबाटै घेरा हाली राखेको थियो । काममा र्फकन र सेवा सुविधा दिन कम्पनी राजी भए पनि कामदारले विश्वस्त हुन सक्ने आधार नभएको भन्दै स्वदेश फिर्ने अडान नछाडेको यादवले बताए ।

नेपाली दूतावासले कामदारको बाँकी तलब, बोनस सहितको सेवा सुविधा दिएर मात्रै पठाउन स्थानीय अधिकारीहरूलाई अनुरोध गरेको छ । कम्पनीले यहाँको श्रम विभागमा पुगेर कामदारको मागबमोजिम तलब बढाउनसमेत आफूहरू तयार भएको बताएको श्रम सहचारी इन्द्रदेव पाण्डेले बताए । 'कम्पनीको व्यवस्थापन पक्षले एक हजार प्लस दुई सय दिन तयार भएको बताइरहेको छ', श्रम सहचारी पाण्डेले भने, 'यसमा कामदारहरूले विश्वस्त हुन नसक्ने भन्दै घर जान बताइरहेको छ ।'

,

0 comments

Write Down Your Responses

Powered by Blogger.