एमाले सूचीप्रति भुवन केसी असन्तुष्ट


काठमाडौं, पुस १४ - एमाओवादीले आइतबार समानुपातिक सभासदको अन्तिम सूची बनाउने भएको छ । सूचीलाई केन्द्रीय समिति बैठकबाट नाम अनुमोदन गर्ने प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

उनका अनुसार सभासदको सूची तयार पार्ने जिम्मा नेता पोस्टबहादुर बोगटीलाई दिइएको छ । बोगटीले तयार पारेको सूची केन्द्रीय समिति बैठकमा अनुमोदनका लागि प्रस्तुत गरिने छ ।

'आइतबार केन्द्रीय समिति बैठकले समानुपातिक सभासदको सूची अनुमोदन गर्नेछ,' सापकोटाले भने, 'त्यसका लागि मापदण्ड बनाइएको छ ।' ५४ सिट पाएको एमाओवादीले यसअघि अवसर नपाएका व्यक्तिलाई प्राथमिकता दिने जनाएको छ । सशस्त्र युद्धका क्रममा 'सहिद', बेपत्ता परिवार, घाइते नेता तथा कार्यकर्ता, इमानदारीपूर्वक लामो समय पार्टीमा काम गरेकालाई सभासद बनाएर पठाइने छ ।

एउटै परिवारका दुई व्यक्ति पनि समानुपातिक सूचीमा पर्ने छैनन् । सकरभर प्रत्यक्षमा नजितेका जिल्लाकालाई समेट्ने तयारी छ । प्रभावशाली नेताका वरिपरिका व्यक्ति सभासद हुने कसरत गरिरहेकाले मापदण्ड तय गरे पनि अध्यक्ष पुष्पकमल दाहाल, नेताद्वय बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको समझदारीबाट समानुपातिक सूचीले अन्तिम रूप पाउने छ । प्रभावशाली नेतालाई प्रलोभनमा पारी सभासद हुनका लागि पछिल्लो समय एमाओवादीमा प्रवेश गर्नेहरूलाई लिएर पनि पार्टीभित्र विरोध छ । लामो समय पार्टीमा योगदान गरेकालाई सभासदमा चयन गर्न शीर्ष नेताहरूमाथि दबाब परेको छ ।

समानुपातिकको पहिलो सूची बुझाउने अघिल्लो दिन प्रवेश गरेका लार्केल लामालाई सभासद नबनाउन दबाब परेको एक नेताले बताए । लामाको एमाओवादी प्रवेश सभासद हुन केन्दि्रत भएकाले विरोध भएको ती नेताले बताए । सभासद हुने चाहनेहरू दाहाल, भट्टराई र श्रेष्ठलाई भेटै हिँडेका छन् ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.