साहरुख खान बन्ने सपना बुन्दै रणवीर


बलिउड नायक रणवीर सिंह यतिबेला साहरुख खान बन्ने सपना देखिरहेका छन् । यसैले त उनी साहरुख खानको सर्वाधिक सफल सिनेमा ‘दिलवाले दुल्हनिया ले जायंगे’ र ‘चक दे इन्डिया’को कुरा गर्न थालेका छन् ।

मिडियाले बलिउडका सर्वाधिक सफल निर्माता तथा निर्देशक आदित्य चोपडासँग काम गर्न लागेको बिषयमा सोधेको प्रश्नमा रणवीरले त्यस्तो भैदिए आफ्नो सपना पुरा हुने बताए । उनले आदित्यका ‘दुल्हनिया ले जायंगे’ र ‘चक दे इन्डिया’ कैयौ पटक हेरेको जनाएका छन् ।

जीवनमा एक पटक आदित्य चोपडासँग काम गर्ने उनको सपना छ । रणवीरले कैयौ पटक हेरेका यि दुई सिनेमाका निर्देशक आदित्य चोपडा हुन् भने नायक साहरुख खान ।

चलचित्र ‘रामलीला’ सफल भएपछि रणवीरले साहरुख जस्तो स्टार बन्ने सपना बोक्न थालेको टिप्पणी बलिउडमा गर्न थालिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.