न्यु लभ बर्डस्


काठमाडौ, माघ २३ - सोनाक्षी सिन्हा र शाहिद कपुर बलिउडका नयाँ लभ बर्डस् बन्ने सम्भावना देखिँदै गएको छ । पहिले करिना कपुर र पछि प्रियंका चोपडासँग डेटिङ गर्न भ्याएका शाहिद अब सोनाक्षीतिर ढल्किएको पुष्टि हुँदै छ । ताली दुवै हातबाट बजिरहेको छ र ताल पनि खुबै जमिरहेको छ ।

हालैको कुरा हो, करण जौहरले 'दबंग' गर्ललाई आफ्नो टेलिभिजन कार्यक्रम 'कफी विथ करण' मा निम्तो पठाएछन् । सोनाक्षीले भनिदिइन् कि 'शोमा शाहिदलाई पनि निम्त्याए मात्रै म आउँछु ।' २६ वर्षीया 'लुटेरा' नायिकाले जे सोचेको त्यही भयो । करणसँग एकअर्काको प्रशंसा गर्दै दुवैजनाले समय बिताए ।

शाहिद र सोनाक्षी अभिनीत फिल्म 'आर... राजकुमार' ले बक्स अफिसमा राम्रै गरेको थियो । यसपछि नै दुई बीच सम्बन्ध विस्तार भएको मानिन्छ । सम्बन्ध निकै गाढा बनिसकेको अडििल काट्न थालिसकिएको छ । करणले शोमा जब सोनाक्षीलाई मन पर्ने अभिनेताबारे सोधे, सोनाक्षीले अलिकति पनि ढिला नगरीकन भनिदिइन्, 'शाहिद कपुर र अक्षय कुमार ।'

जब यही प्रश्न शाहिदलाई सोधियो, ३२ वर्षीय 'फिदा' ब्वाईले पनि हत्त न पत्त सोनाक्षीकै नाम लिए । 'आजसम्म मैले जति अभिनेत्रीसँग काम गरें,' उनले भने, 'सोनाक्षीजस्ती बेस्ट अरू पाइनँ ।'

केही दिनअघि एउटा अवार्ड समारोहमा जब शाहिदले परर्फम गरिरहेका थिए, सोनाक्षी ताली बजाउँदै 'चियर' गरिरहेकी थिइन् । 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.