जय हो फ्लप भए पनि सलामानले रिमेक फिल्म नछोड्ने


वर्षको सुरुवातमै बलिउडस्टार सलमान खानलाई ठूलो झट्का लाग्यो । उनको बहुप्रतिक्षीत फिल्म ‘जय हो’ ले बक्सअफिसमा कमाल गर्न नसकेपछि वर्षको सुरुवातमै निराश हुनुपरेको छ।

जसोतसो फिल्मले सय करोडका आँकडा छोए पनि दर्शकले जय हो लाई सलमानकै फिल्मका रुपमा ठान्न सकेनन् । दर्शकलाई आफ्ना पि्रय सल्लुबाट ठूलो धमाकाको अपेक्षा गरेका थिए तर न त धमाका नै हुनसक्यो न नै फिल्मले कुनै रेकर्ड तोड्न सक्यो ।

वर्षको सुरुमै झट्का बेहोरेपनि सलमानमा फिल्म रिमेक गर्ने भुत भने उत्रेको छैन । जानी राख्नुस् जय हो दक्षिण भारतीय फिल्म स्टालिनको रिमेक हो । जय होले निराश बनाएपछि फिल्म रिमेक गर्ने रहर सलमानले त्यागेको अुनमान गरिएको थियो ।

सबैको अनुमानलाई गतल सावित गर्दै सलमानले भनेका छन्, ‘कसले भन्यो कि म दक्षिण भारती फिल्मको रिमेक गदिर्न ? के मैले यस्तो भनेको छु ?, भनेको छैन । जब मेरो हातमा कुनै राम्रो रिमेक आउँछ म जरुर गर्नेछु ।’

सलमानले अहिलेसम्म वान्टेड, बडिगार्ड र रेड्डीसहित चार रिमेक फिल्ममा काम गरिसकेका छन् । यी फिल्मले रेकर्ड बे्रक कमाई गरेका थिए । सलमानलाई अब उनको आउन लागेको फिल्म किकबाट ठूलो आशा रहेको छ । किकको निर्देशन साजिद नाडियावालाले गरिरहेका छन् । फिल्मको निर्माण भने सलमान आफैंले गरेका हुन् । यो फिल्ममा सलमानकी हिरोइन जेकलिन फर्नान्डिज रहेकी छन् । यो फिल्म इदका अवसरमा रिलिज हुँदैछ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.