नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित


१ फागुन, काठमाडौं । एसीसी वुमन प्रिमियर क्रिकेटमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ । थाइल्यान्डमा जारी प्रतियोगितामा पहिले व्याटिङ थालेको नेपालले ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

नेपालले २८ ओभरमा सबै विकेट गुमाएर ३९ रन मात्र जोड्न सक्यो । निकै खराव प्रदर्शन गरेको नेपालका लागि सरस्वति चौधरीले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।

नीरा राजोपाध्यायले ५ रन जोडिन् भने ममता थापाले ३, सरिता मगर, ममता चौधरी, शोभा आले र रुविना क्षेत्री समान २ रनमा आउट भइन् भने कालन श्रेष्ठले १ रन बनाइन् । सीता मगर, करुणा भण्डारी र सोनु खड्का खाता नै नखोली पभेलियन फर्किइन् । नेपालले ११ अतिरिक्त रन जोडेको थियो ।

जवाफी व्याटिङ गरेको थाइल्याण्डले १३ ओभर खेल्दै २ विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.