प्रधानमन्त्री निर्वाचनको कार्यसूची प्रकाशित


काठमाडौ, माघ २७ - केही बेरमै सुशील कोइराला प्रधानमन्त्री
आजको संसद वैठकको कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ । कार्यसूची अनुसार वैठक सुरु भएपछि प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापति सुशिल कोइरालाले सदनमा अाफ्नो उम्मेदवारी प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले मन्तव्य राख्ने कार्यक्रम छ । कोइरालाको प्रस्तावकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल र समर्थकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली छन् ।

लगत्तै संसदको अध्यक्षता गरिरहेका सुर्यबहादुर थापाले कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश गर्ने कार्यसूची छ ।

आज हुने निर्वाचनमा कोइराला मात्रै उम्मेदवार छन् । संसदको दोस्रो ठूलो दल एमालेले कोइरालालाई समर्थन गर्ने भएपछि कोइराला प्रधानमन्त्री बन्ने पक्का भएको हो । कांग्रेस र एमालेले हिजै आफ्ना सभासद्लाई कोइरालाको पक्षमा मतदान गर्न ह्वीप जारी  गरिसहेको छ । कांग्रेसको १ सय ९४ र एमालेको १ सय ७३ सभासद छन् । केही साना दलले पनि काेइरालाको पक्षमा मतदान गर्नेछ । एमाअाेवादी सहित केही मधेसवादी दल र राप्रपा नेपाल प्रतिपक्षमा बस्ने घोषणा गरेकाले उनीहरुले कोइरालको विपक्षामा मतदान गर्नेछन् ।

काठमाडौ, माघ २७ - आजको संसद वैठकको कार्यसूची सचिवालयले सार्वजनिक गरेको छ । कार्यसूची अनुसार वैठक सुरु भएपछि प्रधानमन्त्रीका उम्मेदवार कांग्रेस सभापति सुशिल कोइरालाले सदनमा अाफ्नो उम्मेदवारी प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले मन्तव्य राख्ने कार्यक्रम छ । कोइरालाको प्रस्तावकमा कांग्रेस उपसभापति रामचन्द्र पौडेल र समर्थकमा एमाले संसदीय दलका नेता केपी शर्मा ओली छन् ।

लगत्तै संसदको अध्यक्षता गरिरहेका सुर्यबहादुर थापाले कोइरालालाई प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव संसद्मा पेश गर्ने कार्यसूची छ ।

आज हुने निर्वाचनमा कोइराला मात्रै उम्मेदवार छन् । संसदको दोस्रो ठूलो दल एमालेले कोइरालालाई समर्थन गर्ने भएपछि कोइराला प्रधानमन्त्री बन्ने पक्का भएको हो । कांग्रेस र एमालेले हिजै आफ्ना सभासद्लाई कोइरालाको पक्षमा मतदान गर्न ह्वीप जारी  गरिसहेको छ । कांग्रेसको १ सय ९४ र एमालेको १ सय ७३ सभासद छन् । केही साना दलले पनि काेइरालाको पक्षमा मतदान गर्नेछ । एमाअाेवादी सहित केही मधेसवादी दल र राप्रपा नेपाल प्रतिपक्षमा बस्ने घोषणा गरेकाले उनीहरुले कोइरालको विपक्षामा मतदान गर्नेछन् ।

- कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेको छ । नेताहरु संविधानसभा भवन पुगेका छन् ।

- केही क्षणमै संसद बैठक बस्दै ।

- मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी सहित अन्य मन्त्रिगण संसद भवनमा पुगेका छन् । नयाँ प्रधानमन्त्री निर्वाचितसंगै प्रधानन्यायाधीशको नेतृत्व र पूर्व प्रशासकहरु सम्मिलित सरकार विस्थापन हुनेछ । ०६९ चैत्र १ गते बनेको रेग्मी सरकारले ०७० मसिंर ४ गते दोस्रो संविधानसभाको निर्वाचन गराउन सफल भएको थियो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.