पाल्पामा बस दुर्घट्नाः १४ को मृत्यु, ७ घाइते


पाल्पा, माघ २३ - सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पाको चिदीपानी गाविस-२ भालुखोला नजिकै बिहिबार बिहान भएको रात्रि बस दुघर्टनामा १४ जनाको मृत्यु भएको छ । पोखराबाट भैरहवाकालागि बुधबार साँझ ८ बजे छुटेको लु १ ख ४९२४ नम्बरको रात्रि बस दुर्घट्ना भएको हो । घाइते ७ जनाको उद्दार गरिएको छ । उनीहरुलाई तानसेनको मिसन अस्पताल र प्रभासको लुम्विनी मेडिकल कलेजमा उपचारका लागि ल्याइएको छ ।

दुघर्टनामा परेर ज्यान गएकाहरुको परिचय खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुघर्टनाग्रस्त बस सडकबाट करिब ५ सय मिटर तल खोलामा खसेको छ । प्रहरीका अनुसार बिहान करिब साढे २ बजे दुर्घट्ना भएको हो । नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दा यात्रुको उद्दारका लागि खटिएका छन् । घटनास्थलमा रहेका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार पहाड र भीर भएकाले उद्दार गर्न समस्या आएको छ ।


,

0 comments

Write Down Your Responses

Powered by Blogger.