अनुसन्धान भन्छ- ‘भिटामिन डी’को कामै छैन


हड्डी सम्वन्धी बिरामीलाई डाक्टरहरु ‘भिटामिन डी’को चक्की खान सल्लाह दिन्छन् । बच्चा, महिला र बृद्धबृद्धालाई भिटामिन डी पूरक आहारको रुपमा खान सल्लाह दिइन्छ ।

तर, एक अध्ययनले देखाएको छ कि स्वस्थ्य युवामा भिटिमन डीले कुनै खास असर गर्दैन । मेडिकल जर्नल लन्सेन्टमा प्रकाशित अध्ययन अनुसार १०० परीक्षणका क्रममा भिटामिन डीको चक्कीले स्वास्थ्य सम्वन्धी खतरामा कुनै कमी नल्याएको पाइएको छ ।

न्यूजिल्याण्डको अकल्याण्ड विश्वविद्यालयका अध्ययनकर्ताहरुको एक टोलीले यसअघि गरेको परीक्षणको मेटा-एलालाइसिसमा बोन मिनिरल डेन्सिटीमा भिटामिन डीको खास प्रभाव रहेको देखिएको थियो ।

अध्ययनकर्ताहरुका अनुसार हृदयरोग, हृदयघात, क्यान्सर र हड्डी भाच्चिएको सापेक्षिक खतरामा भिटामिन डीले निकै कम अर्थात १५ प्रतिशत मात्रै प्रभाव पार्छ । क्याल्सियमसँग भिटामिन डीको प्रयोग एक स्वस्थ व्यक्तिमा खतरा कम गर्दैन् ।

शोधका अनुसार क्याल्सियम समेत वा यो बिना भिटामिन डीको प्रयोग मृत्युको खतरा कम गर्नेमा शंका छ । रिर्पोटमा भनिएको छ-हाम्रो निष्कर्ष अनुसार मांसपेशी र मुटुसम्वन्धी विमारी, क्यान्सर, फ्र्राक्चर वा मृत्युको खतरा काम गर्न भिटामिन डी सेवनको सल्लाह दिनु राम्रो मान्न सकिदैन ।’

,

0 comments

Write Down Your Responses

Powered by Blogger.