बैंक लुटेको आरोपमा प्रवन्धकका भाइसहित ५ पक्राउ


६ फागुन, कञ्चनपुर । नविल बैंकको रकम लुट प्रकरण नबिल बैंक महेन्द्रनगर शाखाको २ करोड ३१ लाख रकम लुटपाटमा संलग्न रहेको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा नबिल बैंक शाखा महेन्द्रगरका प्रबन्धक बिसन सिंहका भाइ दिलबहादुर सिंह समेत छन् । उनलाई चाँदनीबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताए ।

बैंकका कर्मचारी र सवारी चालकसमेत अनुसन्धानमा तानिएका छन् । यसअघि पक्राउ गरी हिरासतमा राखिका कर्मचारीलाई पनि पुनः सोधपुछका लागि पक्राउ गरिएको हो ।

गत मंसिर २४ गते नबिल बैंक शाखा कार्यालय महेन्द्रनगरबाट धनगढीस्थित राष्ट्र बैंकमा रकम जम्मा गर्न जाने क्रममा हतियारधारी समूहले कैलाली र कञ्चनपुरको सीमा क्षेत्र मालाखेतीबाट दुई करोड ३१ लाख लुटपाट गरेका थिए । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.