सचिन ‘भारत रत्न’बाट सम्मानित


२१ माघ, नयाँदिल्ली । पूर्व क्रिकटर सचिन तेन्दुलकरलाई भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मान गरिएको छ । भारत रत्न पाउने सचिन पहिलो खेलाडी हुन् ।
sachinराष्ट्रपति भवनमा आयोजित एक समारोहतमा राष्ट्रपति प्रणब मुखर्जीले सचिनसँगै रसायन शास्त्री प्राध्यापक सीएनआर रावलाई भारत रत्न प्रदान गरे ।
सम्मानपछि रचिनले भनेका छन्-मलाई गर्व छ कि म भारतमा जन्मिएँ । भलै मेरो व्याटिङ रोकिएको छ । तर, म भारतका लागि लगातार व्याटिङ गरिरहनेछु ।’
सचिनले गत नोभेम्बरमा मुम्बईमा वेष्टइण्डिजविरुद्धको आफ्नो २०० औं टेष्टमा सन्यास लिएका थिए । सचिनले अन्तिम टेष्ट खेलिरहेको बेला भारत सरकारले उनलाई यो सर्वोच्च सम्मान दिने घोषणा गरेको थियो ।
सचिनले करियरमा २०० टेष्ट खेलेका छन् र १५ हजार ९ सय २१ रन बनाएका छन् । टेष्टमा उनको उच्चतम स्कोर २ सय ४८ हो । टेष्टमा उनले ५१ शतक र ६८ अर्धशतक बनाएका छन् । एकदिवसीय क्रिकेटमा ४ सय ६३ खेल खेलेका उनले १८ हजार ४ सय २६ रन बनाएका छन् । जसमा ४९ शतक र ९६ अर्शशतक पनि पर्छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.