सूर्यमा मान्छे पठाएको उत्तर कोरियाको दाबी !


सूर्यको तापले धेरैलाई पिरोल्छ । ४५ डिग्रीको तातोले पनि मानिस हायलकायल हुने गर्छन् । यति तातोले पनि हैरान हुन जो कोही सूर्यमै पुग्ने कल्पनासमेत गर्न सक्दैनन् । तर उत्तर कोरियाले हालै सूर्यमा मान्छे पठाएको दावी गरेको छ ।
उसले पहिलो चोटीले सूर्यमा मान्छे पठाएर रेकर्ड कायम गरेको जिकिर पनि गरेको छ । यो दावीले सञ्चार दुनियाँमा हलचल मच्चिएको छ । नर्थ कोरियन सेन्ट्रल न्यूजलाई हवाला दिंदै भारतीय संचार माध्यम आजतकले १७ वर्षीय हङ इल गाङ नामक युवा सूर्यमा प्रस्थान गरेको जनाएको छ ।
समाचार अनुसार सूर्यमा पहिलो चोटी मानिस पठाउन पाएकोले उत्तर कोरियाका वैज्ञानिकहरु निकै खुसी छन् । ‘हङ इल गाङ एक हिरो हुन्, उनी सूर्यमा पुगेर फर्किएपछि भव्य स्वागत गरिनेछ’ कोरियाली वैज्ञानिक र स्थानीयबासीलाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.