अमिर खानले १० करोडमा किने बमप्रुफ कार


बलिउडका अभिनेता अमिर खानले बमको धमाकाले पनि असर गर्न नसक्ने बमपु्रफ कार १० करोड भारतीय रुपैयाँमा खरिद गरेका छन् ।
अमिरले खरिद गरेको मर्सिडिज बेन्ज कार खास मानिसका लागि मात्र बन्ने गरेका छन् । यो खास मर्सिडिज बेन्ज कारमा चढेको अवस्थामा अमिर केही दिन अघि देखा परेका थिए । अंग्रेजी अखबार ‘मिड डे’ मा उल्लेख भएअनुसार केही समय अघि धम्की आएपछि अमिरले यो कार खरिद गरेका हुन् ।
समाचार स्रोतको दाबीलाई मान्ने हो भने यस्तो कार चढ्ने भारतीय नागरिकमा अमिर तेस्रो हुन् । अमिरले चढ्ने कार भारतीय प्रधानमन्त्री मनमोहन सिंह र अर्बपति मुकेश अम्बानीले मात्र यसअघि चढ्दै आएका थिए । बुलेटप्रुफ कार त धेरै भारतीय सँग रहेको छ तर बमपु्रफ कार भने खास गरी भिभिआइपी मानिसका लागि मात्र बनाउने गरिएको छ ।
मुम्बईको एक फाइभस्टार होटलमा उनैले आयोजना गरेको पार्टीमा अमिरलाई पहिलो पटक बमप्रुफ कारमा चढेको देखिएको थियो । स्रोतका अनुसार अमिरलाई केही महिना अघि धम्की आएको थियो ।
अमिरले आफूलाई आएको धम्कीबारे प्रहरीमा जानकारी पनि गराएका थिए । प्रहरीले उनलाई सुरक्षा पनि दिएका थिए । प्रहरीले सुरक्षा दिए पनि अमिरले परिवारका सदस्य र नजिकका साथीहरुको दबाबमा परेर बमपु्रफ कार किनेका हुन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.