जीवनमा १५ सय पटक पक्राउ पर्ने यी अनौठा अपराधी


मानिस जीवनमा कति पटक जेल पर्ला ? धेरैको अनुमान हुन्छ २–४ पटकदेखि बढीमा १०/१५ पटक । तर, अमेरिकाको लेक्सिङटन केन्टुकीका हेनरी अर्लको हकमा भने तपाईको अनुमान पूर्णत गलत हुनेछ ।उनका लागि जेल भनेको पानी पँधेरो जस्तो हो । उनी अहिलेसम्म १५ सयभन्दा बढी पटक जेल परेका छन् ।

पछिल्लो पटक एक भोजनालयको बाहिर नशामा रहेको अवस्थामा पक्राउ परेका छन् । हाल ६४ वर्ष पुगेका अर्न पहिलो पटक १९७० मा २० वर्षको उमेरमा जेल परेका थिए । त्यसबेला उनी अबैध हतियार बोकेको आरोपमा पक्राउ परेका थिए ।

त्यसपछि उनका लागि जेल जानु पानी पँधेरो जस्तो भएको छ । जसका कारण उनी विश्वमा सबैभन्दा धेरै पटक पक्राउ पर्ने व्यक्ति भएको बेलायती सञ्चार माध्यमहरुले जनाएका छन् । उनले हालै आफ्नो ६४ औं जन्मदिन समेत जेलमै मनाएका छन् ।


अनौठो के छ भने हरेकपटक पक्राउ पर्दा उनको गेटअप परिवर्तन भएको देखिन्छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.