युथफोर्स विघटन हुनेः बस्नेत


विराटनगर, मंसिर २६ - युवा सङ्घ नेपालका अध्यक्ष महेश बस्नेतले संविधान निर्माण, जातीय सद्भाव एवम् सुशासन कायम गर्न एमाले र काँग्रेसबीच सहकार्य हुनुपर्ने बताएका छन् ।

एमालेपार्टी कार्यालय विराटनगरमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बस्नेतले यी दुई पार्टीले जनताको मतको आधारमा सर्वप्रथम संविधान निर्माणमा जोड दिनपर्ने उल्लेख गरे ।

उनले अहिले सम्मककै नेपालको इतिहासमा संविधानसभा निर्वाचन सबैभन्दा निष्पक्ष एवम् अत्याधिक मतदान भएको धारणा राख्दै पहिलो संविधानसभाबाट संविधान नबन्नुमा एमाओवादी र मधेसवादी दल मुख्य जिम्मेवार रहेको बताए ।

अध्यक्ष बस्नेतले राष्ट्रपतिले लोकतन्त्रलाई बचाउन तथा अन्य विभिन्न महत्वपूर्ण भूमिका खेलेकोमा प्रशंसा व्यक्त गर्दै संवैधानिक नियुक्तिमा सबै पार्टीको सहभागिता आवश्यक भएको उल्लेख गरे । यसैगरी उनले युवा सङ्घको चाँडै बस्ने केन्द्रीय कमिटीको बैठकबाट युथफोर्स विघटन गर्ने जानकारी समेत दिए । रासस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.