सगरमाथा आरोही तरकारी बेच्दै


नयाँ दिल्ली, पुस १६ - गत मे महिनामा विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने २४ वर्षी रामलाल हरियाणाको एक ग्रामिण शहरमा तरकारी पसले बनेका छन् ।

हरियाणाको फत्तेहबाद जिल्लाका बासिन्दा रामलाललाई तत्काल सम्मान गर्ने भन्दै हरियाणाका मुख्य मन्त्री भुपिन्दर सिंह हुडाले ५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका थिए । तर, यो 'क्षणिक कुरा' मात्रै बनेको आरोही रामलालले बताएका छन् ।

रामलाल पनि यतिखेर हरियाणाको तोहाना गाउँमा तरकारी पसले बनेका छन्- सगरमाथा आरोहीको चिनारीलाई पन्छाएर । 'मैले कुनै मानसम्मान खोजेको होइन,'उनले टाइम्स अफ इण्डिया पत्रिकामा भनेका छन्-'बरु एउटा सगरमाथा आरोहीले अरु हिमश्रृङ्खला चढ्न चाहेको छ/छैन भनेर कसैले सोधिदिए मात्रै पनि पुग्थ्यो । जिवन गुजारा त तरकारी बचेरै पनि गर्नेछु ।'

,

0 comments

Write Down Your Responses

Powered by Blogger.