तस्करी हुन लागेका ३९ बोरा सुपारी सप्तरीमा बरामद

 राजविराज, पुस १४ - तेश्रो मुलुकबाट निर्यात हुने सुपारी भारततर्फ तस्करी गर्न राखिएको अवस्थाबाट सप्तरी प्रहरीले गएराति सिमावर्ती क्षेत्रबाट बरामद गरेका छन् ।

सुपारी तस्करी भइरहेको सूचना पाएको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका सुरक्षाकर्मीले सप्तरीको छिन्नमस्ता गाविसस्थित मोहनपुर मौहवा भन्ने स्थानबाट ३९ बोरा सुपारी बरामद गरेको हो ।

एउटा बोरामा ६० केजी सुपारी रहने गरेको र कुल २३ क्वीन्टल ४० केजी रहेको प्रहरीले जानकारी दिएका छन् । खेतमा राखेर बैलगाडामा लोड गर्न राखिएको अवस्थाबाट उक्त सुपारी नियन्त्रणमा लिएको सप्तरीका एसपी दिनेश अमात्यले जानकारी दिए ।

प्रहरीले बरामद गरेको उक्त सुपारीलाई आवश्यक कारबाहीकालागि आज राजविराज भन्सार कार्यालयको जिम्मा लगाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.