शरद सिंहको पार्टीमा पनि तनाव


काठमाडौ, पुस १५ - शरद सिंह नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीमा समानुपातिक सभासद चयनको विषयमा विवाद बढेको छ । पार्टी महासचिव रामेश्वर साहले अध्यक्ष भण्डारी मनोमानी ढंगले चलेको भन्दै पार्टी कार्यालय बालकुमारीमा धरना दिएका छन् । उनले भण्डारी विरुद्ध पार्टीमा अविश्वास प्रस्ताव ल्याउने तयारी गरेका छन् । साहले अध्यक्ष विरुद्ध अविश्वास प्रस्ताव बारे जानकारी गराउन पार्टी कार्यालय आएको तर कार्यालयमा ताला लागेकोले त्यहीँ टाँस गरेको बताए । र, यसको जानकारी निर्वाच्ानमा गराउने बताए ।

पर्टीले समानुपातिकमा निर्जला राउत, धर्मेन्द्र साह र दिनेश साहलाई सभासदका लागि आयोगमा सिफारिस गरेको छ । उक्त सिफारिससँगै पार्टीमा असन्तुष्टि बढेको हो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.