आमिर भन्छन्- सलमान मभन्दा ठूला स्टार


मुम्बई (एजेन्सी), मंसिर  - कोभन्दा को ठूलो स्टार भनेर दाँज्ने तराजु त छैन, तर पनि सानो/ठूलोको खेल भने चलिरहन्छ । जसको फिल्म बढी चल्छ वा जुन स्टारका बढी फ्यान फलोअर छन्, सायद उसैलाई सबै ठूलो स्टार मान्छन् । बलिउडमा पनि तीन खान शाहरुख, सलमान र आमिरमा को ठूलो भन्ने होडमा फ्यानहरू बारम्बर होडबाजी चलाउँछन् । तत्कालका लागि भने 'धुम ३' का चोर आमिरले ठूलो स्टार सलमानलाई बताएर छिनोफानो गरिदिएका छन् । उनले सहकर्मी साथी सल्लुलाई 'स्टार पावरको पावर हाउस' नै भनेका छन् । जब उनलाई तीन खानमा को ठूलो भन्ने प्रश्न तेर्सियो, आमिरले ढिलो नगरी भनिदिए, 'म मेरै तरिकाले यसको जवाफ दिन्छु । प्रतिस्पर्धाबारेमा मेरो कुनै खाले नकारात्मक धारणा छैन । कोहीसँग पनि । उसले कसरी त्यस्तो राम्रो गर्‍यो । मैले कसरी सकुँला ? यस्तो सोचाइ कहिल्यै आएन ।'

आमिर स्टारपावरको सन्दर्भमा थप व्याख्यामा उत्रिए । बोले, 'जब मैले सञ्जु -सञ्जय दत्त) को 'मुन्नाभाइ एमबीबीएस' र 'लगे रहो मुन्नाभाइ' हेरें, म उनको काम देखेर एकदमै खुसी भएको थिएँ । सँगसँगै रणवीर कपुरलाई 'बर्फी' मा हेरेर पनि उत्तिकै खुसी भएको थिएँ ।' ४८ वषर्ीय पर्फेक्सनिस्ट खानले भने यतिबेला आफ्नै फिल्म 'धुम ३' को व्यग्र प्रतीक्षा गरिरहेका छन् ।

'सलमान मेरो साथी हो । ऊ मभन्दा ठूलो स्टार हो । जब मैले उसलाई 'दबंग' मा हेरें । एकदमै रमाइलो लाग्यो । उसलाई उसैको रूपमा छोडिदिए पुग्छ, अरू केही गर्नु जरुरी छैन । ऊ स्टार पावरको पावर हाउस नै हो भन्दा हुन्छ,' आमिरले सलमानको प्रशंसा गरिरहँदा अर्का खान शाहरुखको भने उल्लेख नै गरेनन् । बरु सलमानकै बारेमा पूरा समय लिँदै भने, 'ऊ केवल बेल्ट हल्लाउँदै चस्मा मिलाएकै भरमा चमत्कार देखाउँछ । त्यसैले ऊसँग मेरो कुनै खाले प्रतिस्पर्धी भावना छैन ।' नाच्ने सन्दर्भमा पनि सलमान चटपटे र बडी बिल्डर दुवैमा सुहाउने खालको डान्स गर्न सक्ने खुसी राखे पनि आफू भने यस मामिलामा लजालु रहेको स्वीकारे । तर उनले जे भने पनि यतिबेला 'धुम ३' मा को-स्टार कटि्रना कैफसँग गरेको एक्रोब्याट डान्सको चर्चा कम छैन ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.