साहरुख, आमिरले हैन, एक सेक्सी फिल्मले धान्यो बलिउडको ईज्जत


बक्स अफिस कलेक्शनको कुरा गर्ने हो भने सन् २०१३ बलिउडका लागि निक्कै फाइदाजनक छ । यो बर्षमात्र धुम ३, क्रिस ३, चेन्नई एक्सप्रेस जस्ता सिनेमाले बक्स अफिसमा कमाल नै मच्चाएका छन् । तर यि सिनेमाले स्तरियताको मापनमा भने असफलताको स्वाद चाखेका छन् । यस्ता खालका सिनेमाले विश्व बजारमा खासै प्रशंसा पाउँदैनन् । बलिउडका लागि यि सिनेमाको व्यापारले फाइदा पक्कै पनि पुग्छ । यो बर्ष प्रदर्शनमा आएका कम बजेटका चलचित्रले बक्स अफिसमा कमाल त मच्चाएका छन् नै प्रशंसा पनि पाएका छन् । यो सूचिमा आफ्नो जीवन धान्न यौन धन्दामा लाग्ने एक युवकको कथामा आधारित चलचित्र ‘बीए पास’ पर्दछ । सी ग्रेडको भनिएको यो चलचित्रको कथावस्तु र प्रस्तुतीलाई समिक्षकहरुले उत्कृष्ट भनेका छन् । यस्तै करण जोहर, अनुराग कश्यप, दिवाकर बनर्जी र जोया अख्तरले मिलेर बनाएको चलचित्र ‘बाँम्बे टाकिज’ले पनि बलिउडको इज्जत राखिदिएको छ ।
यो सिनेमा भित्र ४ वटा कहानी प्रस्तुत गरिएको थियो । फरहान अख्तरले अभिनय गरेको र बक्स अफिसमा कमाल मच्चाएको चलचित्र ‘भाग मिल्खा भाग’ प्रशंसा पाउन सफल अर्को सिनेमा हो । एथ्लेटिक खेलाडी मिल्खा सिंहको जीवनीमा आधारित यो चलचित्रले बलिउडलाई विश्व बजारमा चर्चित बनाएको थियो । अर्जुन रामपाल र चित्रंगदा सिंहको मुख्य भूमिका रहेको चलचित्र ‘ईन्कार’ पनि चर्चामा रह्यो । यौन उत्पीडित एक यूवतीको कथामा यो सिनेमा बनेको छ ।
यस्तै चर्चा बटुल्न सफल अर्को सिनेमा हो ‘जोली एलएलबी’ । अदातलमा कानुनलाई कसरी दुरुपयोग गरिन्छ भन्ने बिषयमा यो सिनेमा बनेको छ । यि बाहेक ‘लिसन अमाया’, ‘लुटेरा’, ‘मेरे ड्याड का मारुती’, ‘रामलिला’ र ‘साहिद’ समिक्षकको साथ पाउने सिनेमा हुन् । यस्तै ‘शुद्धी देसी रोमान्स’, ‘स्पेशल २६’, ‘मदरास क्याफे’, ‘घनचक्कर’, ‘द लन्च बक्स’ र ‘फुक्रे’ले पनि बलिउडको ईज्जत जोगाएका छन् । यि सिनेमाहरुलाई यो अवार्डका लागि दाबेदार पनि मानिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.