मधेसीका सूचीमा 'आफन्त र पैसावाल'


काठमाडौं, पुस १६ -
राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादवले पठाए श्रीमतीको नाम
गच्छदारले प्याब्सन र एन प्याब्सनका अध्यक्षलाई बनाए
  सबैजसो मधेसी दलले आफन्त र व्यापारी नछुट्ने गरी समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाएका छन् । मधेसमा पहिलो दल बनेको विजयकुमार गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले पार्टी पदाधिकारीभन्दा बाहिरका व्यापारिक पृष्ठभूमिका र पैसावाललाई सभासद सिफारिस गरेको छ ।

भीएस निकेतन स्कुलका संस्थापक पि्रन्सिपल तथा प्याब्सनका अध्यक्ष डा.बाबुराम पोखरेल, ग्यालेक्सी पब्लिक स्कुलकी पि्रन्सिपल तथा एन प्याब्सनकी अध्यक्ष गीता राणासमेत फोरम लोकतान्त्रिकको सभासदको सूचीमा परेका छन् ।

यस्तै व्यापारीहरू डा.सुबोध पोखरेल र दिनबन्धु अग्रवाल पनि गच्छदारको सूचीमा छन् । पार्टी केन्द्रीय समितिले समानुपातिकका १० सभासद छान्ने अधिकार अध्यक्ष गच्छदारलाई दिएको थियो । फोरम लोकतान्त्रिकले समानुपातिक सूचीमा रहेका उपाध्यक्ष मोहम्मद नसिर सिद्दिकी, महासचिव जितेन्द्रनारायण देव र सचिव चन्द्रेश्वर खत्वेलाई समेटेन । कोषाध्यक्ष आशा चतुर्वेदीलाई भने उसले समेटेको छ ।

यस्तै सद्भावना अध्यक्ष राजेन्द्र महतोले पनि श्रीमती शैलदेवी र व्यापारी विमल केडियालाई सभासद बनाएका छन् । सद्भावना अध्यक्ष महतो भने सर्लाही ४ मा तराई मधेस सद्भावना पार्टी -तमसपा) अध्यक्ष महेन्द्र यादवबाट पराजित भएका थिए । पार्टीले अध्यक्षलाई नै नाम छान्ने अधिकार दिएको थियो । सद्भावनाले अघिल्लो पटक पनि समानुपातिक सभासद रहेका सहअध्यक्ष लक्ष्मणलाल कर्णसहित उपाध्यक्ष नरसिंह चौधरीलाई सभासद बनाएको छ ।

तराई मधेस लोकतान्त्रिक पार्टी -तमलोपा) ले पनि पैसावाल र व्यापारिक पृष्ठभूमिकालाई सभासद बनाएको छ । अघिल्लो पटक पनि मन्त्रिपरिषदो सिफारिसमा सभासद बनेका अकबाल अहमद शाहसहित अस्पताल व्यवसायी डा.विजय सिंह, पैसावाल राजकुमारी गडेरियालाई तमलोपाले सभासद बनाएको हो । 

शरतसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी -रामसपा) लेसमेत दुई व्यापारीसहितलाई सभासद बनाएको छ । पार्टीकी सल्लाहकार तथा व्यापारी निर्जला राउत र अर्का दिनेशप्रसाद साह र धर्मेन्द्र साहलाई समानुपातिक सभासद बनाएको हो । व्यक्तिगत फाइदा उठाएर सभासदमा सिफारिस गरेको भन्दै महासचिव रामेश्वर साहले अध्यक्षको भण्डाफोर गर्ने बताएका छन् । 'अध्यक्षले पार्टीको हितविपरीत पैसा लिएर सभासद बनाएका छन्,' उनले कान्तिपुरसित भने, 'अध्यक्षविरुद्ध अविश्वासको प्रस्ताव अघि बढ्छ ।'

संघीय सद्भावना अध्यक्ष अनिल झाले पनि महतोको सिको गर्दै एक सिटमा श्रीमती डा.डिम्पलकुमारी झालाई सभासदका लागि सिफारिस गरेका छन् । झा भने रौतहट १ बाट पराजित भएका थिए । मधेसी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले पनि पाएको एक सिटमा श्रीमती सरिता यादवको नाम पठाएका छन् । 'अध्यक्षले श्रीमतीलाई नै पठाउँछन् भन्ने पहिले नै थाहा थियो,' पार्टी वरिष्ठ नेता राजलाल यादवले भने । फोरम नेपालले भने सोमबार नाम बुझाएन । 

सबै प्रक्रियामा संलग्नमा कर्ण मात्रै आए
अघिल्लो पटकको संविधानसभाका हरेक कार्यदल र निर्णय प्रक्रियामा संलग्न रहने समूहबाट यो पटक लक्ष्मणलाल कर्ण मात्रै सभासद भएका छन् ।

संविधानसभाको संवैधानिक समिति, विवाद समाधान उपसमिति, प्रतिवेदन अध्ययन समिति र त्यसअन्तर्गतका विभिन्न कार्यदलमा प्रमुख पार्टीका पाँच सभासद रहन्थे । त्यसमा कांग्रेसका राधेश्याम अधिकारी, एमालेका अग्नि खरेल, एमाओवादीका खिमलाल देवकोटा सहभागी हुन्थे मधेसीकातर्फबाट सद्भावना सहअध्यक्ष रहेका कर्ण सहभागी हुन्थे । तीमध्ये सद्भावनाका कर्णबाहेक अन्य ठूला पार्टीले पुरानालाई दोहोर्‍याएनन् । उनीहरू सबै कानुनी पृष्ठभूमिका भएकाले हरेक दस्तावेज लेखन र त्यसको भाषिक एवं कानुनी पाटोलाई केलाउनेमध्येमा पर्थे । त्यही पृष्ठभूमिकै कारण उनीहरूलाई त्यस्ता समितिहरूमा जिम्मेवारी दिइन्थ्यो ।

===============
फोरम लोकतान्त्रिक
===============
आशा चतुबेर्दी

डा.बाबुराम पोखरेल

गीता राण्ाा

डा.सुबोध पोखेरल

दिनबन्धु अग्रवाल

रमनी राम

पवनकुमार सारडा

सुमित्रा थरुनी

योगेन्द्र चौधरी

कल्पना चौधरी

================
तमलोपा
=============
अकबाल अहमद शाह

डा.विजय सिंह

केदारनन्दन चौधरी

रमेश पटेल कुर्मी

इन्दिरा झा

मिरा चौधरी

राजकुमारी गडरिया 


=============
सद्भावना
============
लक्ष्मणलाल कर्ण

विमल केडिया

नरसिंह चौधरी

शैलदेवी महतो

माधुरी रानी साह

=========
रामसपा
========
निर्जला राउत

धर्मेन्द्र साह

दिनेशप्रसाद साह
===============
फोरम गणतान्त्रिक
==============
सरिता यादव

संघीय सद्भावना

डा.डिम्पलकुमारी झा


,

0 comments

Write Down Your Responses

Powered by Blogger.