समानुपातिक सूची बुझाउने आज अन्तिम दिन


काठमाडौ, पुस १५ - समानुपातिक प्रणालीबाट सभासद् चयन हुनेहरुको नामावली बुझाउने आज अन्तिम दिन अपरान्ह सम्म पनि ठूला दलहरु कांग्रेस र एमाओवादीले नाम टुंग्याउन सकेको छैन ।  निर्वाचन आयोगका अनुसार अपरान्ह १ बजेसम्म तराई मधेस लोकतान्त्रिक पार्टीले मात्रै आफ्नो दलबाट ७ जनाको नाम बुझाएको छ । दोस्रो ठूलो दल एमालेले यसअघि नै नाम बुझाइसकेको छ ।

कांग्रेसमा संसदीय बोर्डको बैठक १ बजेसम्म बस्न सकेको छैन । कांग्रेसमा संस्थापन र वरिष्ठ नेता शेरबहादुर देउवा पक्षबीचको विवाद मिलाउने प्रयास भइरहेको छ । पार्टी कार्यालयमा दुवै पक्ष आ-आफ्नो तर्फबाट अन्तिम सूची तयार पार्न व्यस्त छन् । ११ बजे बोलाइएको केन्द्रीय समितिको बैठक १ बजेलाई सारिएपनि बस्न सकेको छैन ।

एमाओवादी केन्द्रीय समितिले सभासद छान्ने जिम्मा चार जना नेतालाई दिएको छ । चार नेताहरुको बैठक अपरान्ह २ बजे बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठ र पोस्टबहादुर बोगटीको बैठकले अन्तिम नामको टुंगो लगाउने छ ।

तमलोपाले समानुपातिक तर्फबाट पाएको ७ सिटमा पठाएको नाम सार्वजनिक भएको छैन । पार्टीले आयोगमा बुझाएपनि सार्वजनिक गरेको छैन भने आयोगले अहिले नै मिडियालाई जानकारी दिन नमिल्ने जनाएको छ । पार्टी स्रोतका अनुसार डा. विजय सिंह, अकवाल अहमद साह, केदारनन्दन चौधरी, रमेश पटेल कुर्मी, इन्दिरा झा, मिरा चौधरी र राजकुमारी गडेरी समानुपातिक सुचीबाट सभासदको सिफारिसमा परेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.