देशभर पोलियो थोपा खुवाइँदै


बैतडी, पुस  - पोलियो रोग उन्मुलन गर्ने उद्देश्यले आज र भोली (शनिबार र आइतबार) देशभरका झण्डै ७ लाख बालवालिकालाई पालियो थोपा खुवाईदै छ ।

जन्मेदेखि ५ वर्षमूनिका वालवालिकालाई पोलियो थोपा खुवाइन लागेको हो । आगामी फेब्रुअरी १२ तारिखका दिन नेपाललाई पोलियो मुक्त राष्ट्र घोषणा गर्ने तयारी भईरहेको छ ।

१५ वर्षदेखि पोलियो रोग विरुद्धको 'पोलियो थोपा' औषधी खुवाईदै आएको छ । ३ वर्षयता नेपालमा पोलियो संक्रमित भेटिएका छैनन् । बैतडीमा ५ वर्षमूनिका ४१ हजार बालवालिका  पोलियो थोपा खाने

सूचीमा छन् । छुटेका बालवालिकालाई महिला स्वास्थ्य स्वयंसेविका मार्फत घरमै गएर आइतबार थोपा दिने व्यवस्था गरेको छ ।  

,

0 comments

Write Down Your Responses

Powered by Blogger.