नेपाली @ गुगल ट्रान्सलेट


काठमाडौ, पुस  - चिनियाँ भाषाको चाइनाडेली समाचार साइट पढ्न अब त्यही भाषा/लिपि सिक्नु पर्दैन । कान्तिपुर दैनिकको नेपाली संस्करण कोरियाली नागरिकले आफ्नै भाषामा पढ्न सक्ने दिन आएका छन् । धन्यवाद गुगल इंकलाई, जसले आफ्नो प्रोडक्ट गुगल ट्रान्सलेटमा नेपाली भाषालाई समावेश गरेर एक/अर्को भाषा नबुझ्नेलाई ठूलो गुन लगायो ।

सर्च इन्जिनमा विश्व बजार हल्लाइरहेको गुगलले आफ्नो ट्रान्सलेट सिस्टममा नेपाली भाषालाई अघिल्लो साता थपेको छ । पछिल्लो पटक उसले मेसिनले ट्रान्सलेट गर्ने भाषाको संख्या थपेर ८० पुर्‍याउँदा नेपाली भाषाले समेत यो अवसर पाएको हो । गुगलको दाबीमा नेपाल र भारतमा रहेका १ करोड ७० लाख जनसंख्याको मातृभाषा हो नेपाली ।

उसले दाबी गरेभन्दा फरक भारत, भुटान र बर्माका केही भागमा नेपाली भाषा मातृभाषाका रूपमा बोलिन्छ । पछिल्लोपटक अघिल्लो सातामात्र गुगल ट्रान्सलेटमा थपिएका भाषामा अपि|mकामा बोलिने भाषाहरू हौसा, ग्ल्बो, योरुबा, सोमाली, जुलु तथा एसियाली भाषाहरू मंगोलियन, पञ्जाबी र न्युजिल्यान्डको माओरी छन् । गुगल ट्रान्सलेटले शब्द, वाक्य वा कुनै लिखित डकुमेन्टको मात्र ट्रान्सलेट गर्दैन ।

यसले विश्वभर रहेका अरू ८९ भाषाका वेबसाइटलाई नेपालीमा देखाइदिन्छ । त्यस्तै विश्वभर रहेका अरू भाषाभाषीले नेपाली भाषाको वेबसाइटलाई ट्रान्सलेट गरेर आफ्नो भाषामा पढ्न सक्छन् । यसले शब्द नाम, सर्वनाम, विशेषणलगायत कुन कोटीको भनेर पनि देखाउँछ । त्यसको उस्तै अर्थ लाग्ने शब्द -सिनोनिम) पनि बताउँछ । गुगल ट्रान्सलेट गुगलले विकास गरेको प|mी टुल हो ।

यसलाई ट्रान्सलेट डट गुगल डट कममा गएर आफूलाई ट्रान्सलेट गर्नुपर्ने सामग्री एउटा कोठामा राखेपछि अर्को कोठामा अनुवादसहित देखाइदिन्छ । गुगलको ट्रान्सलेटलाई नेपाली भाषासमेत प्रवेश गराउन कम्प्युटर इन्जिनियर सरोज ढकाललगायतको टिमले सहयोग गरिरहेको छ । गुगलका सबै प्रोडक्टको नेपालसँग सम्बन्धित काम कन्ट्री इन्जिनियरिङ कन्सल्टेन्टका रूपमा ढकालले हेर्छन् ।

गुगलका प्राेडक्टलाई कसरी नेपालीभाषी मैत्री बनाउने प्लानिङमा व्यस्त उनले गुुगलको इथिकका कारण ट्रान्सलेटमा नेपाली भाषा थप्ने अवस्थासम्मको प्रक्रियाबारे भने बताउन नसक्ने बाध्यता दर्शाए । गुगल ट्रान्सलेट मेसिनले काम गर्ने तरिका कुनै व्यक्तिलाई नयाँ भाषा सिकाउने तरिका जस्तै छ ।

गुगल सिस्टम ब्लग साइटका अनुसार जसरी नयाँ व्यक्तिलाई शब्दका अर्थ, व्याकरणिक नियम र वाक्य गठन कसरी हुन्छ भनेर सिकाइन्छ, त्यसै गरी कम्प्युटरले पनि विदेशी भाषा सिक्छ । भाषा सिक्ने तरिका त्यति सजिलो भने छैन । गुगलले गर्ने अरू भाषाको नेपाली अनुवाद पूर्ण भने छैन । उसले अहिले शब्दपिच्छेको अर्थलाई एकीकृत गरेर मात्र देखाउँछ ।

यहाँ क्लिक गरी पूरा पढनुहोस्

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.