'छानबिन आयोग बनाइए संविधानसभामा जाने'


काठमाडौ, मंसिर ३० - एमाओवादीले उच्चस्तरीय राजनीतिक समितिको बैठकमा पार्टीका तर्फबाट प्रस्तुत गरिने एजेन्डाका विषयमा छलफल गरेको छ ।

एमाओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय कार्यालयको बैठकले आज बस्ने प्रमुख दल सम्मिलित उच्चस्तरीय राजनीतिक समितिको बैठकमा प्रस्तुत गर्ने एजेन्डाको विषयमा छलफल गरेको सो पार्टीका नेता पोष्टबहादुर बोगटीले जानकारी दिए ।

उनले संविधानसभा निर्वाचनमा देखिएको संस्थागत, नीतिगत र संरचनागत धाँधलीको छानविन गर्नका लागि काँग्रेस र एमालेलगायत दल सहमत भए संविधानसभामा सहभागी हुने विषयमा छलफल केन्द्रित भएको जानकारी दिए ।

उनले केन्दीय कार्यालयको बैठकले राजधानीमा उपलब्ध पूर्व पोलिटव्यूरो सदस्यको बैठक बोलाएको र सो बैठकले आजै दिउँसो बस्ने उच्चस्तरीय समितिको बैठकमा पार्टीका तर्फबाट प्रस्तुत गर्ने थप एजेन्डा तयार पार्ने जानकारी दिए । रासस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.