समानुपातिक उम्मेदवारलाई काममा फर्कन एमालेको निर्देशन


काठमाडौ, मंसिर २१ - एमालेले समानुपातिकको बन्द सूचीमा परेका उम्मेदवारहरुलाई पार्टीको ठूला नेतासमक्ष डेलिगेशन जाने, आग्रह/अनुरोध गर्ने र दबाब दिने प्रवृत्ति छाडेर काममा फर्कन निर्देशन दिएको छ । आज बसेको एमालेको स्यायी कमिटीको वैठकले यस्तो निर्देशन दिएको हो । समानुपातिकको अन्तिम नामावलीमा आफ्नो नाम पर्नुपर्ने भन्दै दबाब आउँन थालेपछि पार्टीले यस्तो निर्णय गरेको हो ।

‘पार्टीले निश्चित मापदण्डका आधारमा विवेकपूर्ण एवं औचित्यपूर्ण ढंगले सभासदहरुको नामावली चयन गर्ने र निर्वाचन आयोग समक्ष शिफारिस गर्नेछ’, वैठकपछि सचिव विष्णुप्रसाद पौडेलद्वारा जारी गरेको बिज्ञप्तीमा भनिएको छ,‘ तसर्थ, समानुपातिक सूचीका उम्मेदवार र उहाँहरुका समर्थकहरुलाई अविलम्ब आ–आफ्नो कार्यक्षेत्रमा फर्किन र पार्टीको परिभाषित काममा लाग्नका लागि निर्देशित गरिएको छ ।’

आजको वैठकले सोमबारको लागि केन्द्रीय कमिटीको वैठसमेत डाकेको छ । केन्द्रीय कमिटीको वैठकबाट समानुपातिक सभासद् चयनका लागि मापदण्ड निर्धारण गरिने पार्टीले जनाएको छ ।

मंसिर ४ गते भएको निर्वाचनमा एमालेले समानुपातिकतर्फ ८४ र प्रत्यक्षतर्फ ९१ सिट जितेको छ । निर्वाचन आयोगले पार्टीहरुलाई समानजुपातिकतर्फको अन्तिम नामावली बुझाउन २५ गतेसम्मको म्याद दिएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.