हड्तालमा उत्रिएका २९७ स्वदेश फिर्ता


दोहा (कतार), मंसिर २८ - अति न्युन तलबमा काम लगाएको भन्दै हड्तालमा उत्रिएका ५ सय २२ नेपाली कामदारमध्ये २ सय ९७ जना नेपाल फर्केका छन् । नेपाली दुताबासका श्रम सहचरी इन्द्रदेब पाण्डेका अनुसार कामदार, यहाँको श्रम बिभाग, कम्पनीका उच्च अधिकारीहरुको छलफल अनुसार फिर्ता जान इच्छुक भएका कामदारलाई स्वदेश पठाइएको हो । उनीहरु एक्सबोल्रा कम्पनीमा कार्यरत कामदार हुन् ।

'दुई सय ९७ जना घर जाने टुंगो लागेको छ । दुई सय २५ जना काममा फर्केका छन्', पाण्डेले भने, 'घरमा र्फकनेलाई पाउनुपर्ने सबै सुबिधा दिएर पठाएको छ भने काममा र्फकनेलाई कामदारले माग गरेको तलब पाउनेछन् ।' अब यही काममा र्फकने कामदारको तलब १ हजार थप गरी १२ सय रियाल हुनेछ ।

गत शुक्रबारदेखि कडा रुपमा हड्तालमा उत्रिएपछि प्रहरीले सबै कामदारलाई नियन्त्रणमा लिई घर फिर्ती केन्द्र -डिपोर्टटेशन सेन्टर) ल्याएर राखेको थियो । उनीहरुले न्युनतम तलब ४ सय ५० रियालमा काममा लगाइरहेको, भिसा शुल्क काटेको, क्याम्पमा खानाको प्रबन्ध नभएको भन्दै हड्तालमा उत्रिएका थिए ।

ती कामदारलाई श्रम बिभागका दुई जना निर्देशकले कम्पनीले दिने भनेको तलब दिलाउन आफुहरुले पनि पहल थाल्ने बताएको पाण्डेले बताए । डिपोर्टटेसन सेन्टरमै हिसाबकिताब गरेर स्वदेश पठाएको हो ।

बिहिबार साँझ सम्म यहाँबाट दुईसय २७ जना कामदार स्वदेश फर्किसकेका छन् । कम्पनीले समुह समुह बनाएर जेट एयरवेजमार्फत् दिल्ली हुदै र कतार एयरवेजबाट सिधै नेपाल पटाएको छ । र्फकनेमा ६ महिनादेखि १४ बर्षसम्म काम गरेका नेपाली छन् ।

कम्पनीको ब्यबस्थापन पक्षले १२ सय दिन तयार भएको भन्दै सबै कामदारलाई काममा फिर्ता हुन अनुरोध गरेपनि बहुुसख्यांक कामदारले अस्वीकार गरेका छन् । 'हामीलाई कम्पनीले तलब दिन्छु भने पनि बिश्वास लागेन । सधैभरी बिबाद मात्रै रहिरह्यो', नौ बर्षदेखि कार्यरत धनुषाका रामबाबु यादबले घरफिर्ने बेला भने, 'बिश्वास गर्ने साथीहरु बसे ।'

प्रहरीले कम्पनीमा काम गर्न चाहनेलाई क्याम्मै फर्कादिएको छ भने घर फिर्नेलाई डिपोर्टटेशन सेन्टरमै राखेको छ । कतारको न्यु सहेलियास्थित भुरुभुमि नजिक क्याम्पमा राखिएका ती नेपालीले कम्पनीबाट खाना समेत प्रबन्ध नगरिदिएकोले घर फिर्ता गरिदिन माग राख्दै हड्तालमा उत्रिएका थिए । 'हाम्रो न्युनतम तलब ४ सय ५० रियाल हो । खानाको लागि छुट्टै रकम छैन्', ६ बर्षदेखि त्यस कम्पनीमा कार्यरत सिराहाका महत्ताेले भने,'फेरी क्याम्पमा खानाको लागि प्रबन्ध छैन् । आफैले किनेर ल्याउन नजिक पसल छैन् । पसल जान गाडी छैन् ।'

खाना नपाएको झोकमा शुक्रबार बिहानदेखि उनीहरुले हड्ताललाई कडा बनाएका थिए । क्याम्प भित्रै आफ्ना मागहरु राख्दै माइकिङ गरेका थिए । 'न्युनतम तलब सरकारले तोके बमोजिम ९ सय र खानामा ३ सय गरी १२ सय रियाल हुनुपर्छ । अहिलेसम्म काटेको भिसा शुल्क फिर्ता दिनुपर्छ । बोनस दिनुपर्छ', अर्का कामदार बिरेन्द्र महतोले भने,'कम्पनीले भिसा बापत बाषिर्क रुपमा ६ सय रियाल काट्ने गरेको थियो । त्यो पनि दिलाइदिनुपर्छ ।'

0 comments

Write Down Your Responses

Powered by Blogger.