सैफले करिनालाई किनिदिए ५० करोडको बंगला


बलिउड नायक सैफ अलि खानले आफ्नी कान्छी पत्नी नायिका करिना कपुरका लागि मुम्बईमा नयाँ बंगला किनेका छन् ।

सैफले आफु बस्दै आएको फच्र्युन हाइज बंगलाअगाडी प्रत्येक तला तीन हजार बर्गफुट क्षेत्रफल रहेको चारतले बंगला किनेका छन् । जसको मूल्य झण्डै ५० करोड भारतीय रुपैयाँ रहेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

खुला ठाउँमा बस्न रुचाउने सैफ र बिहेअघि बान्द्रामा बस्दै आएकी करिना अब नयाँ घरमा सर्दै छन् भने पुरानो घरलाई भाडामा लगाउने योजना बनाएका छन् । नयाँ बर्षसम्म उनीहरु त्यहाँ सर्ने बताइएको छ ।

करिनाले निकै रुचाएको यो बंगलामा गार्डेन, स्वीमिङ पुल, लाइब्रेरी र जिमखानासमेत रहेका छन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.