बिरगंज पुर्याइएको ४ किलो सुन बरामद


बिरगंज, पुस ३ - पर्सा प्रहरीले अवैध रुपमा ल्याएको ४ किलो सुन सहित एक रात्रि बसका चालकलाई बुधबार बिहान पक्राउ गरेको छ । काठमाडौंबाट आएको ना.४.ख २५२४ नम्बरको रात्रिबसका चालक दिनेश चौधरीलाई उक्त परिणामको सुन सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिरगंज छिर्ने गण्डक नहर नजिकैको गण्डक प्रहरी चौकीले सुराकीका आधारमा आएको सूचना अनुसार बस रोकेर चेक जाँच गर्दा चालकबाट सुन बरामद भएको पर्साका एसपी धिरजप्रताप सिंहले बताए । थप अनुसन्धान भइरहेको उनले जनाएका छन् ।

यसअघि कात्तिक ५ मापनि बिरगंजको विर्ताबाट भारत तर्फ लैजाँदै गरेको १ किलो सुन सहित एक व्यवसायी पक्राउ परेका थिए ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.