लुलु एपमा पुरुषको रेटिङ गर्दै युवतीहरु, पुरुष रिसाए


ब्राजिलका युवतीहरुमाझ अहिले पुरुषलाई रेटिङ गर्ने प्रतिस्पर्धा चलिरहेको छ । कुनै फिल्म वा पुस्तकको अनलाइन रेटिङमा स्टार दिइएजस्तै युवतीहरु आफ्ना पुरुष साथी वा आफुलाई मन पर्ने पुरुषका लागि नम्बर दिइरहेका छन् ।

यो रेटिङको काम भइरहेको मोबाइल एप्लिकेसन ‘लुलु’मा । कसैले १० त कसैले ७.९ अंक पाएका छन् । ब्राजिली युवतीमाझ निकै लोकपि्रय बनेको यो एपप्रति त्यहाँका पुरुषहरु भने बेखुसी छन् । यसले आत्मसम्मानमा चोट पुर्‍याएको उनीहरुको जिकिर छ ।

सरकारी बकिलले भने नयाँ फेसबुक एपले पुरुषहरुको सम्मानमा आाच पुर्‍याए नपुर्‍याएकोबारे छानविन थालेको छ । लुलु एपप्रति महिलाहरुको आकर्षण भने बढ्दो छ । एप बनाउने कम्पनी लुलुका अनुसार यो एप प्रयोग गर्नेहरुको संख्या विश्वभरमा करिव ३० लाख पुगेको छ ।

यो एपले ब्राजिलमा सेक्स, गोपनियताको अधिकार, शालीनताको बहस चर्किएको छ । महिलाहरुले आफ्नो पुरुष मित्रहरुको रेटिङ गर्दा अनुमति समेत लिइने गरेको छैन । एपमा महिलाहरुलाई फेसबुक पुरुष मित्रहरुकोबारेका केही प्रश्न सोधिन्छ, यो कहिले पुरुषको सेक्स क्षमताको बारेमा हुन्छ भने कतिपय प्रश्न उसको हाँस्य क्षमता, आकर्षण र प्रतिवद्धताबारे हुन्छ । महिलाको जवाफका आधारमा पुरुषको रेटिङ हुनेछ ।

रेटिङपछि असन्तुष्ट एक युवकले सेक्ससँग जोडिएका गोप्य कुराहरु सार्वजनिक गरेको भन्दै एप निर्माताबिरुद्ध मुद्दा नै हालेको बीबीसीले जनाएको छ ।

गुगल प्ले र एप्पल स्टोरबाट निशुल्क डाउनलोड गर्न सकिने यो एप मोबाइलमा डाउनलोड गरेपछि युवतीहरुले आफ्नो फेसबुक अकाउन्ट एड गर्नुपर्छ । त्यसपछि युवतीले आफुले डेट गरिरहेको युवकका बारेमा बताएर रेटिङमा सहभागी हुन सक्छन् । कतिपयले आफ्ना पूर्व प्रेमीहरुको प्रोफाइल सिर्जना गरि उसका असक्षमताबारे तिखो टिप्पणी गरेको पनि भेटिन्छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.