नेल्सन मण्डेला रहेनन्


काठमाडौ, मंसिर २१ - दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति नेल्सन मण्डेलाको निधन भएको छ । ९५ वर्षको उमेरमा उनको निधन भएको हो । उनी विश्वभरमा राजनेताका रुपमा चिनिन्थे । उनी दक्षिण अफ्रिकामा रंगभेदी सरकार विरुद्ध लामो संघर्ष गरेर लोकतान्त्रिक सरकार बनाउन सफल भएका थिए । उनी २७ वर्ष जेल बसेका थिए ।
दक्षिण अफ्रिकाका वर्तमान राष्ट्रपति जैकुब जुमाले गहिरो दुःख व्यक्त गरेका छन् । उनले भनेका छन् 'हाम्रो मुलुकले एक महान व्यक्ति र हामीले हाम्रो अभिभावक(बुआ) गुमाएका छौं ।' उनले मण्डेलाको निधनलाई अपूर्णनीय क्षति समेत भनेका छन् ।

उनको बारेमा थप पढ्न तलको लिंकमा क्लिक गर्नुहोस ।


,

0 comments

Write Down Your Responses

Powered by Blogger.