मोबाइलमा गुड मर्निङ, कम्प्युटरमा आफ्टरनुन, ट्याबलेटमा गुडनाइट


हाम्रो निजी जीवन अहिले तीनथरि स्क्रिनमा बिभाजित छ- मोबाइल, ट्याबलेट र कम्प्युटर । यी तीनथरि साधनको प्रयोगको ‘प्राइम टाइम’ पनि भिन्नभिन्न हुने गरेको हालै सार्वजनिक एक अध्ययनले देखाएको छ ।

बिजनेस इन्साइडरले गरेको एक अध्ययनअनुसार मानिसहरु बिहानको समयमा मोबाइल, दिउँसोको समयमा कम्प्युटर र रातीको समयमा ट्याबलेट बढि प्रयोग गर्छन् । तर मोबाइल फोनको प्रयोग भने बिहानदेखि बेलुकीसम्मे उस्तै गतिमा हुने गरेको अध्ययनले देखाएको छ ।

पछिल्लो दिनमा ट्याबलेट मार्केट विस्तार हुँदै गएको भएपनि फोनको तुलनामा निकै पछि रहेको अध्ययनमा देखिएको छ । स्मार्टफोनको उत्पादन बढ्दै जाँदा मूल्य घट्दै गएको र ६० प्रतिशतभन्दा बढि स्मार्टफोनमा एन्ड्रोइड अपरेटिङ सिस्टम चल्न थालेको अध्ययनले देखाएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.