फेसबुकको आम्दानी बढ्यो

मोबाइल विज्ञापन व्यवसायमा भएको उत्साहजनक बढोत्तरीसँगै विश्वकै नम्वर वान सोसल साइट फेसबुकको कमाइ ह्वात्तै बढेको छ । यो वर्ष सन् २०१३ को दोश्रो त्रैमासिकमा फेसबुकको राजस्व आयमा ५३ प्रतिशतले वृद्धि भएको छ । विश्लेषकहरुको अनुमानलाई माथ दिँदै फेसबुकको आयमा भारी वृद्धि भएसँगै फेसबुकको शेयर मूल्यमा पनि सुधार आएको छ ।
facebook
बुधबार फेसबुकको शेयर मूल्यमा १७ प्रतिशत वृद्धि भएर प्रति शेयरको मूल्य ३०.५९ डलर पुगेको छ । यो सँगै फेसबुकले कुल ३३३ मिलियन डलर अर्थात् प्रति शेयर १९ सेन्ट कमाएको छ ।
दोश्रो त्रैमासिकले फेसबुकले कुल १ अर्ब ८१ करोड ३० लाख डलर राजस्व संकलन गर्न सफल भएको छ । जबकी अघिल्लो वर्षको दोश्रो त्रैमासिकमा फेसबुकले १ अर्ब १८ करोड डलर मात्र राजस्व संकलन गर्न सकेको थियो । विश्लेषकहरुले यो वर्षको दोश्रो त्रैमासिकमा फेसबुकको राजस्व १ अर्ब ६१ अर्बको हाराहारीमा हुने अनुमान गरेकोमा फेसबुकले त्यो भन्दा २० करोड बढि राजश्व संकलन गर्न सफल भएको छ ।
फेसबुकको कुल राजश्व मध्ये मोबाइल विज्ञापनबाट उठेको राजश्वले ४१ प्रतिशत हिस्सा ओगटेको छ । जबकी पहिलो त्रैमासिकमा यो अनुपात ३० प्रतिशत थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.