एमाले नेता नेपालले आज भारतीय प्रधानमन्त्रीलाई भेट्दै


११ साउन, काठमाण्डौं । भारत भ्रमणमा रहनु भएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक भेटवार्तालाई जारी राख्नु भएको छ । सोही क्रममा आज भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । नेपाल र सिंहबीच दिल्लीमा हुने भेटवार्तामा नेपालको समसामयिक राजनीति अवस्था र संविधानसभा निर्वाचनका विषयमा छलफल हुनेछ ।
सिंहसँगको भेटका लागि बिहीबारको कार्ययोजना बनिएपनि उहाँको व्यस्तताका कारण आजलाई सारिएको हो । नेपाल र भारतीय विदेश मन्त्री सलमान खुर्सिदबीच पनि आजै भेटवार्ता हुँदैछ । पार्टी महासचिव इश्वर पोखरेल र विदेश विभागका सदस्य राजन भट्टराईसँगै नयाँ दिल्लीमा रहनु भएका नेता नेपालले बिहीबार कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धिसँग भेट गर्नुभएको थियो । भेटमा गान्धीले लोकतन्त्रलाई शक्तिशाली बनाउन लोकतान्त्रिक शक्तिहरुबीचको एकता आवश्यक रहेकोमा जोड दिनुभएको थियो । साथै भारतीय नेताहरुले नेपालमा तोकिएकै समयमा संविधानसभा निर्वाचन होस भन्ने चाहेको बताएका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.