साहरुख र कटि्रनाको जोडी फेरी पर्दामा, मानेनन् खानले डाक्टरको सल्लाहा

अन्तत विभिन्न खालका चर्चालाई चिर्दै बलिउड नायक साहरुख खानले आफ्नो नयाँ चलचित्र ‘ह्याप्पी न्यू इयर’का लागि नायिका पक्का गरेका छन् । भारतिय संचारमाध्यका अनुसार यो चलचित्रमा नायिका कटि्रना कैफ पक्का भएको बताइएको छ ।उसो त नायिका कैफ यतिबेला नायक रणवीर कपुरसँग डेटमा मस्त छिन् । स्पेनमा रणवीरसँग विकिनीमा मस्त भएको फोटो सार्वजनिक भएपछि कटि्रनाको चर्चा र आलोचना पनि सर्वत्र छ । यसैबिच उनी साहरुखको नयाँ नायिका भएको खबरले फेरी चर्चामा छिन् ।
साहरुख र कटि्रनाले यसअघि चलचित्र ‘जब तक हे जान’मा अभिनय गरिसकेका छन् । कटि्रनाको ३ महिना समय खाली रहेको बताइएको छ । यही समयमा उनले ‘ह्याप्पी न्यू इयर’ गर्ने मनाशाय बनाएकी हुन् । चलचित्रकी निर्देशक फराहा खानले कटि्रनालाई सिनेमाका लागि अनुवन्धित गरेको बताइएको छ । चलचित्रमा नायिकाको लागि यसअघि ऐश्वर्या रायको नाम पनि सार्वजनिक भएको थियो । ऋतिक रोशनको ब्रेनको सर्जरी भएपछि चलचित्र ‘व्याङ व्याङ’ को छायांकन ३ महिना पछि सरेको छ । यसैले पनि समय दिन सक्ने भएपछि कटि्रना काम गर्न राजी भएकी हुन् । अब उनले ३ महिना यो चलचित्रका लागि समय दिनेछिन् ।
साहरुखले मानेनन् डाक्टरको सल्लाहा
नायक साहरुख खान यतिबेला अगष्ट ९ मा प्रदर्शन हुन लागेको चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रमोशनमा व्यस्त छन् । यसका लागि उनी भारतका विभिन्न शहर पुगिरहेका छन् । साहरुखलाई १० घन्टा सुत्न डाक्टरले सल्लाहा दिएका छन् । तर उनी दिनमा जम्मा ४ घन्टा मात्र आराम गरिरहेका छन् । १६ घन्टा चलचित्रको प्रमोशनमा लागेका साहरुखलाई डाक्टरले आराम नगरेको खण्डमा स्वास्थ्यमा गम्भिर असर पर्ने बताउदै आएका छन् । तर साहरुख भने चलचित्रको प्रमोशनका लागि टेलिभिजन, विभिन्न शहरमा पुगेका छन् । उनी केही दिनमै भारत बाहिर समेत जाने बताइएको छ । आफ्नो कामलाई सबैभन्दा बढि महत्व दिने साहरुखले सिनेमाको प्रमोशनका लागि स्वास्थ्यलाई समेत ख्याल गरेका छैनन् । उनको केही हप्ता अघि मात्र काँधको सर्जरी गरिएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.