रेग्मीको पहिलो विदेश भ्रमण अमेरिका

१७ साउन, काठमाण्डौं । अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मी अमेरिकाको भ्रमणमा जानुहुने भएको छ । पहिलो पटक विदेश भ्रमणमा जाने तयारी गर्नुभएका रेग्मी असोजमा हुने संयुक्त राष्ट्र संघको ६८ औं महासभालाई सम्बोधन गर्न रेग्मीको टोली अमेरिका जाने तयारीमा लागेको हो । १० सदस्य टोलीको नेतृत्व गर्दै रेग्मी असोज पहिलो साता अमेरिका जानुहुनेछ ।
khilraj regmiमुलुकमा कुने भवितव्य नपरे उहाँ अमेरिका जाने र त्यसका लागि होटल बुकिङलगायत व्यवस्थापनको प्रक्रिया सुरु गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
रेग्मी नेतृत्वको टोलीमा परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरे, परराष्ट्रसचिव, शिष्टाचार महापाल, राष्ट्रसंघ महाशाखा प्रमुख र अन्य दुई अधिकारी रहने तयारी भइरहेको छ । मंसिर ४ गतेका लागि तय गरिएको संविधानसभा निर्वाचनमा चाहिने सहयोगका लागि पनि रेग्मीको भ्रमण आवश्यक भएको भन्दै भ्रमण योजना बनिरहेको मन्त्रालय स्रोतको भनाई छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.