एक मिनेटभित्रमा के के हुन्छ इन्टरनेटमा ?

यो सूचनाप्रविधिको युगमा विश्वमा धेरै मानिस इन्टरनेटको पहुँचमा छन् । त्यसैले   मान्छेका औँला कम्प्युटरको किबोर्डमा, किप्याड तथा मोबाइल स्त्रिmनमा सल्बलाइरहेका हुन्छन्  अनि असंख्य वेबसाइटमा क्लिक भैरहेको हुन्छ । विश्वभरमा गरेर एक मिनेटभित्रमा औषतमा कति मानिसले इन्टरनेट चलाउँछन् होला ? अनि इन्टरनेटमा एक मिनेट भित्रमा के के काम हुन्छन् होला ?
Internet
कुनै अध्ययन विना यो प्रश्नको जवाफ दिन गाह्रो छ । तर एक वेबसाइटले भने विश्वमा एक मिनेट भित्रमा इन्टरनेटमा के के हुन्छ भन्ने कुराको विस्तृत विवरण सार्वजनिक गरेको छ । क्यु मी नामको साइटका अनुसार केवल एक मिनेटभित्रमा विश्वभरमा गरेर इन्टरनेटका विभिन्न साइटहरुमा असंख्य काम हुन्छन् । सोसल साइट इन्स्टाग्राममा २ लाख १६ हजार तस्वीर अपलोड हुन्छन्, अमेजनमार्फत ८३ हजार डलरको कारोबार हुन्छ, फेसबुकमा १८ लाख लाइक थपिन्छन् र लगातार ३ दिनसम्मको लागि हेर्न पुग्ने भिडियो अपलोड हुन्छन् । यस्तै फेसबुकमा प्रति सेकेण्ड ४१ हजार स्टाटस अपडेट हुने गरेका छन् ।
विभिन्न श्रोतहरुबाट संकलन गरिएको भन्दै क्युमीले तयार पारेको तथ्यांक अनुसार एक मिनेट भित्रमा गुगलमा २० लाख पटक सर्च गरिएको हुन्छ ।
2
अझ रोचक तथ्यांक त के भने एक मिनेटभित्रमा विश्वमा ७० वटा नयाँ डोमेन सिर्जना गरिन्छ भने ५७१ वटा नयाँ वेबसाइट तयार पारिन्छ ।
त्यस्तै एक मिनेट भित्रमा २० करोड ४० लाख वटा इमेल पठाइन्छ भने २ लाख ७८ हजार वटा टि्वट्स पोष्ट हुन्छन् । स्मरण रहोस् गो ग्लोब डट कम नामक वेबसाइटले जुन महिनामा सार्वजनिक गरेको तथ्यांकले विश्वमा एक मिनेट भित्रमा झण्डै १७ करोड इमेल आदानप्रदान हुने देखाएको थियो ।
त्यस्तै एक मिनेटभित्रमा विश्वका सबै मानिसले स्काइपीमा च्याटिङ गरेको समय जोड्ने हो भने १४ लाख मिनेट हुन्छ । जबकी अघिल्लो वर्ष ३ लाख ७० हजार मिनेट मात्र थियो ।
3
यता सोसल साइटको प्रयोग बढेसँगै अंग्रेजी भाषा बिग्रँदै गएको  अध्ययनले देखाएको छ । सोसल मिडियाको अनुगमन गर्ने संस्था ब्राण्डवाचका अनुसार टि्वटरमा प्रयोग गरिने हरेक डेढ सयमा एउटा अंग्रेजी शव्द अशुद्ध लेखिएको हुन्छ । त्यस्तै फेसबुक प्रयोग कर्ताले फेसबुकमा लेख्ने हरेक ३२३ मध्ये एउटा शव्द अशुद्ध हुन्छ भने गुगल प्लसमा प्रयोग गरिने हरेक २३८ मा एउटा शव्द अशुद्ध हुन्छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.