सलमान अदालतमा पुग्दा साहरुखलाई चिन्ता

‘हिट एन्ड रन केश’ मा फसेका बलिउड नायक सलमान खान अहिले समस्यामा छन् । सन् २००२ मा गरेको एउटा गल्तीले सलमानलाई जीवनभर छोडेको छैन । सलमान वुधबार मात्र मुम्बइको सेशंस अदालतमा पुगेका 

थिए ।
 

सलमान अदालतमा पुगेसगै अर्का नायक साहरुख खान उनको बिषयमा धेरै नै चिन्ता लिइरहेका थिए । आफ्नो नयाँ चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रि प्रोडक्शनमा रहेका साहरुखले सलमानको खबर बारम्बार लिइरहेको भारतिय संचारमाध्यहरुले जनाएका छन् ।
आफ्नो टिमसाग खबर वुझिरहेका साहरुखले जब सलमानलाई हत्याको मुद्दा चल्ने खबर सुने, त्यसपछि उनी निराश भएको बताइएको छ । एक पार्टीमा अंगालो हालेपछि सलमान र साहरुख बिच ५ बर्षदेखि चल्दै आएको शितयुद्ध रोकिएको विश्वास गरिएको छ ।
सलमान यतिबेला निक्कै ठूलो समस्यामा छन् । यसैले पनि उनलाई साथ दिन साहरुख अग्रसर भएको देखिन्छ । जुलाई २४ का लागि तोकिएको सलमानको मुद्दाको सुनुवाई अगष्टमा सरेको छ । न्यायधिशको सरुवा भएपछि सलमानको मुद्दाको सुनुवाई केही पछि सरेको हो ।
मदिरा पिएर १ व्यक्तिको हत्या र ४ जनालाई घाइते बनाएको आरोपमा सलमान सन् २००२ देखि मुद्दा खेपिरहेका छन् । अब यस्तो अवस्थामा बलिउडका बादशाहा साहरुख सलमानलाई साथ दिने तयारीमा लागेको देखिन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.