चुहियो रणवीरसँग कटि्रनाको वीकिनी मस्ती

अब भने नायक रणवीर कपुर र नायिका कटि्रना कैफको रोमान्सको तस्बिर छताछुल्ल भएको छ । केही हप्ता अघि रणवीर र कटि्रना स्पेन पुगेको खबरले बजार तताएको थियो । तर पनि यि दुइले कस्तो खालको रोमान्स गरे भन्ने सुइको कसैले पाएका थिएनन् ।

उसो त बलिउडमा यि दुइको प्रेमको बारेमा निक्कै नै चर्चा चल्ने पनि गरेको छ । तर दुबैले आफूलाई एक अर्काको राम्रो साथी भएको बताउदै आएका छन् । नायिका दीपिका पादुकोणसागको सम्बन्धमा विश्राम लागेपछि रणवीर कटि्रना तर्फ सल्केका हुन् । कटि्रना पनि सलमानसागको सम्बन्धमा खटपट आएपछि रणवीरको अंगालोमा पुगेकी हुन् ।
हालै मात्र रणवीर र कटि्रनाले स्पेनमा मस्ती गरेको तस्बिर सार्वजनिक भएको छ । जहाा कटि्रनाले वीकिनी मात्र लगाएकी छिन् । समुन्द्रको तटमा रणवीर कटि्रना मस्ती गर्दै गरेको अवस्थाको तस्बिर केही फ्यानहरुले क्लिक गरेका हुन् । यो तस्बिर अहिले सामाजिक संजालहरुमा छ्यापछ्याप्ती भएको छ । यो तस्बिर सार्वजनिक भएसागै यसले नायिका कटि्रना कैफ र नायक रणवीर कपुरको करिअरलाई नै अप्ठ्यारोमा पार्ने देखिन्छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.