मन्त्रिपरिषद बैठकमा चुनावी सुरक्षा योजनाका विषयमा छलफल

१७ साउन, काठमाण्डौं । मन्त्रिपरिषदको नियमित बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारका बस्ने बैठकमा चुनावी सुरक्षा योजनाका विषयमा छलफल हुनेछ ।
बैठकमा गृहमन्त्रालयले तयार पारेको एकीकृत सुरक्षा योजना, संविधानसभा चुनावको तयारी लगायतका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । त्यस्तै चुनावमा असन्तुष्ट रहेका नेकपा-माओवादी सहितका दलहरुलाई बुधबार पठाएको पत्र, उनीहरुसँगको वार्तामा राख्ने एजेण्डा लगायतका विषयमा पनि छलफल हुनेछ । सरकारले विना सर्त वार्तामा आउन आहृवान गरेपछि नेकपा-माओवादीले सकारात्मक प्रतिक्रिया दिएको छ ।
बैठकमा देशभरीका बाढी पिडीतलाई दिने राहतका विषयमा पनि छलफल हुनेछ मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीको सचिवालयले जनाएको छ । त्यसैगरी विभिन्न मन्त्रालयका मन्त्रालयगत एजेन्डाका बारेमा पनि छलफल हुने सचिवालयले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.