साहरुखले दिए सलमानलाई पार्टीको निम्तो, जालान् त सलमान खान ?

बलिउडका दुई चर्चित नायक साहरुख खान र सलमान खान एक पार्टीमा अंगालो हालेसँगै नजिक भएका छन् । उनीहरु बिचको दोस्ती कस्तो चल्दै छ भन्ने बारेमा मिडियामा खासै कुरा सार्वजनिक नगरिएता पनि यि दुई भित्री रुपमा भने मिलेको देखिएको छ ।साहरुख यतिबेला चलचित्र ‘चेन्नाई एक्सप्रेस’को प्रचारका लागि विभिन्न देशमा पुगिरहेका छन् । यही क्रममा उनले दुबइमा एक पार्टीको आयोजना गर्न लागेको बताइएको छ । साहरुखले उक्त पार्टीमा बलिउड नायक सलमान खानलाई पनि निम्तो पठाएको खबर अहिले चर्चामा छ । ईदको अवसर पारेर खुशियाली साट्नका लागि साहरुखले दुबइमा रहेको आफ्नो महलमा पार्टी दिन लागेका हुन् । तेश्रो सन्तानको रुपमा छोरा अब्राहमलाई घर भित्राएपछि साहरुख निक्कै खुशी छन् । छोराको प्रवेशसँगै उनको करिअर झनै चम्किएको अड्कल काटिएको छ ।
साहरुखले आयोजना गर्न लागेको पार्टीमा सलमान खान, उनका भाई अरबाज खान र बुहारी मलाइका अरोरा खानलाई पनि निम्तो गरिएको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । अब हेर्न बाँकी यो छ कि केही दिन अघि अंगालो हालेका सलमान साहरुखको पार्टीमा जान्छन् या जाँदैनन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.