एक करोडको बिरालो

घरमा कुकुर बिरालो पाल्ने शोख धेरैलाई हुन्छ । हजारौँ रुपैयाँ सम्म खर्च गरेर समेत सहरतिर विभिन्न नस्लका महंगा कुकुर पाल्ने गरेको हामीले देखेकै छौँ । तर हामीकहाँ गाउँतिर मुसा खाइदेला भनेर स्थानीय जातका बिरालो पाल्ने कुरा सामान्य भएपनि सहरतिर उतिसारो बिरालो पाल्ने गरिँदैन, केही अपवाद बाहेक । यसरी पालिने बिरालोका बच्चा समेत कुकुरलाई जस्तो ठूलो रकम खर्चेर किनिएको हुँदैन । हाम्रोमा नकिनेर के भो त ? विश्वका केही देशमा मोटो रकम खर्चेर बिरालो किन्ने अनि घरमा पाल्ने चलन छ ।
1
सवाना जातको बिरालो यस्तै महंगो बिरालो मध्येको एक हो । यो विश्वको सबैभन्दा महंगो बिरालोको जातमा पनि पर्छ ।
कुकुर बिरालोका नस्ल विकाश गर्ने तथा बेच्ने अमेरिकाको एक कम्पनीले हालै यो जातका महंगा बिरालो सार्वजनिक गरेको छ । लाइफस्टाइल पेट्स नामक कम्पनीले बिक्रिमा राखेको एक बिरालोको मूल्य त झण्डै एक करोड रुपैयाँ छ । एशेरा नामको उक्त बिरालोको तौल १४ किलो छ र यसको भाउ ९६ लाख रुपैयाँ तोकिएको छ । यो जातका अन्य बिरालोको मूल्य पनि २४ लाख भन्दा बढि तोकिएको छ । हामीकहाँ लाखौँ खर्चेर बिरालो किन्ने दिन कहिले आउला कुन्नी ?
2

,

0 comments

Write Down Your Responses

Powered by Blogger.