रणविरको ‘बेसरम’को प्रोमो सार्वजनिक, साहरुखको ‘दिलवाले’लाई यसरी उडाइयो

‘ए जवानी हे दिवानी’को सफलता पश्चात रणवीर कपुर नयाँ चलचित्र ‘बेसरम’ मार्फत बजारमा आउने तयारीमा छन् । चलचित्रको पहिलो प्रोमो सार्वजनिक भएसँगै यसको चर्चा र आलोचना पनि सुरु भएको छ ।चलचित्रमा प्रयोग गरिएका संवाद र दृश्यलाई प्रोमो हेर्ने दर्शकहरुले रुचाएका छैनन् । प्रोमोमा रणविरले बलिउड बादशाह साहरुख खानको सर्वाधिक चर्चित चलचित्र ‘दीलवाले दुल्हनिया ले जायंगे’लाई पनि उडाएका छन् ।
उनले चलचित्रमा समावेश ‘तुजे देखा तो ए’ बोलको गीतलाई मजाक गर्दै पिसाब फेर्दै गरेको अवस्थामा गाएका छन् । जसलाई धेरै दर्शकहरुले आलोचना गर्दै साहरुखको नाम बिकाउन खोजेको प्रतिक्रिया सामाजिक संजाल मार्फत दिएका छन् ।
बीग इन्टरटेन्मेन्टको प्रस्तुतीमा तयार भएको यो सिनेमामा रणवीरको अलवा पल्लभी शार्दाको अभिनय छ । चलचित्रमा रणवीरका पिता ऋषि कपुर र आमा नितु कपुरको पनि अभिनय छ । चलचित्रलाई अभिनव सिंह कश्यपले निर्देशन गरेका हुन् । यो चलचित्र अक्टोबर २ मा प्रदर्शनमा आउनेछ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.