वाईसीएलको अनिश्चितकालिन बन्दले चितवन ठप्प

१७ साउन, चितवन । चन्दा असुलि गर्दैगर्दा पक्राउ परेका आफ्ना ६ जना कार्यकर्तामाथि लगाईको मुद्धा फीर्ता गरि तत्काल रिहाईको माग गर्दै वाईसीएल चितवनले आहृवान गरेको गरेको अनिश्चितकालिन जिल्ला बन्दका कारण चितवनको जनजिवन आज विहानैदेखि प्रभावित भएको छ । बन्दका कारण यातायत, शैक्षीकसस्था, कलकारखाना, ठप्प रहेका छन् । भित्री सडकमा छिटफुट रुपमा केहिसवारी साधन चलेपनि मुख्य सडकमा सवारीसाधन ठप्प रहेकाछन्। नारायणगढको पुल्चोक, शहिदचोक, लायन्सचोक, चौविसकोठी, पूर्वी चिततवनको टाडी , पर्शा, भण्डारा लगाएतका स्थानमा वाईसीएलका कार्यक्रता सडकमै बसेर बन्द गराईरहेका छन् ।
बन्दका कारण चितवन भएर राजधानी जाने र राजधानिबाट चितवन आउने सवारीसाधनहरु चल्न सकेका छैनन् भने बुटवलतर्फ जाने सवारीसाधनहरु गैडाकोटबाट छुटेका छन्। वाईसीएल चितवनका संयोजक ईश्वर सापकोटा सुमनले माग पुरा नभएसम्म कुनैपनि हालतमा बन्द फीर्ता नलिने स्पष्ट पार्नुभयो । बन्दका क्रममा प्रेश, एम्बुलेन्स, शवबहान, पर्यटक, कुटनीतिक नियोग लगाएतका सवारीसाधनमा भने अवरोध नगरिने उहाले बताउनुभयो । यता प्रमुख जिल्ला अधिकारी नरेन्द्र राज शर्माले बिना सर्त कुनै हालतमा रिहा नगरीने स्पष्ट पार्नुभएको छ ।
कानुनी कार्बाहि अगाडि बढाईएकाले कानुनि प्रक्रिया अनुसारनै कार्बाहि चल्ने भएकाले आफुहरुलाई सहयोग गर्न उहाले आग्रह समेत गर्नुभएको छ । बन्दमा अप्रीय घटना नहोस भन्नका लागि प्रर्याप्त सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।प्रहरी उपरिक्षक प्रधुम्नकुमार कार्कीले जवरजस्ती यातायात अवागमनमा अवरोध गर्न खोजे स्थानीय प्रशासनसग छलफल गरि आवश्यक कारबाहि गर्ने तयारी भईरहेको बताउनु भयो। जिल्ला प्रहरी कार्यालय चितवनले वाईसीएलका कार्यकता उत्तम गुरुङ मधु न्यौपाने ,भरत मगर ,बिशाल मरहठ्ठा , मनोजकुमार शेर्पा र रबि पराजुलीलाई चन्दा माग्दै गर्दा पक्राउ गरि मुद्धा दर्ता गरेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.