नेपाली रेस्टुरेन्टको उद्घाटनमा बेलायती पूर्वप्रधानमन्त्री

Gordon_Brown_official
११ साउन, लन्डन । गलामा फूलको माला, शिरमा ढाका टोपी र गलामा दोसल्ला । बेलायती पूर्वप्रधानमन्त्री गोर्डन ब्राउन बिहीबार भिन्न गेटअपमा देखिए । डेढ दशकयता स्कटल्यान्ड बस्दै आएका दुई गुल्मेली व्यवसायी काशीराम भण्डारी र अर्जुन भण्डारीले संयुक्त लगानीमा खोलेको रेस्टुरेन्ट उद्घाटन गर्न उनी उपस्थित भएका थिए ।
लेबर पार्टी आवद्ध बरिष्ठ राजनीतिज्ञ ब्राउनले रेस्टुरेन्ट उद्घाटन गरेपछि भने, ‘इट्स माई ग्रेट प्लेजर इन्डिड ।’ उनी विश्व शिक्षाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूतसमेत हुन् । स्कटल्यान्डस्थित काउडेन्बिथ र किर्कोल्डी क्षेत्रका एमपी ब्राउन राजनीतिज्ञका रुपमा निकै व्यस्त रहने गरेको कान्तिपुर दैनिकमा खबर छ ।
आफ्ना सारा काम छोडेर उनले स्कटल्यान्डमा खोलिउको नेपाली बफेट रेस्टुरेन्ट ‘सिमला प्यालेस’ उद्घाटन गरेका हुन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.