पखेटा युक्त कण्डमले पायो पुरस्कार

यौन सम्पर्कका बेला प्रयोग गर्न सजिलो हुने गरी डिजाइन गरिएको एक अनौठो कण्डमले स्वर्ण पदक प्राप्त गरेको छ । नेदरल्याण्डको एक कम्पनीले बनाएको विन्जम्यान नामको उक्त कण्डमले यसको नौलो डिजाइनका कारण आइ एफ गोल्ड अवार्ड प्राप्त गरेको हो । नौलो डिजाइनका प्रडक्ट निर्माण गर्ने कम्पनीलाई प्रदान गरिने यो विश्वस्तरीय अवार्ड यसअघि नोकिया तथा एप्पल लगायतले समेत प्राप्त गरेका थिए । यौन सम्पर्कका बेला पुरुषको यौनांगमा पहिराउन दुवै हातको प्रयोग गर्नुपर्ने र होसियारी नअपनाउँदा कण्डम फुट्ने तथा बिगि्रने जस्ता समस्या हुने गरेको अवस्थामा यो नयाँ डिजाइनको कण्डम एउटै हातले पनि पहिराउन सकिन्छ । यो कण्डममा परम्परागत कण्डममा भन्दा निकै भिन्न अर्थात् दुइवटा पखेटा हुन्छन् दुइ साइडमा । कण्डममा हुने पखेटाले कण्डम लगाउन सजिलो हुनुका साथै एउटै हातले वा अँध्यारोमा समेत पहिरिन सकिन्छ । युरोपेली मुलुकहरुमा उपलब्ध यो कण्डमको मूल्य एक दर्जनको ९.९५ युरो पर्ने बताइएको छ ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.