काठमाडौं– नेपालले एसिसी वुमन्स प्रिमियर क्रिकेटको निराशाजनक यात्रा टुंग्याएको छ। थाइल्यान्डमा भइरहेको प्रतियोगितामा नेपाल सोमबार हङकङसँग ७ विकेटले पराजित भयो। एसियाली क्रिकेट परिषद् (एसिसी) ले पहिलोपल्ट आयोजना गरेको ४० ओभरको प्रतियोगितामा ६ राष्ट्र सहभागी हुँदा नेपाल चौथो भयो। सोमबारको हार नेपालको प्रतियोगिता तेस्रो हो।
नेपाल थाइल्यान्डसँग सजिलै ८ विकेट र चीनसँग ६९ रनले पराजित भएको थियो।
एसिसीले सन् २००७ मा पहिलोपल्ट महिला प्रतियोगिता आयोजना गरेदेखि सहभागी हुँदै आएको नेपालको दोस्रो कमजोर प्रदर्शन हो। २०११ मा कुवेतमा भएको एसिसी वुमन्स ट्वान्टी–२० च्याम्पियनसिपमा नेपाल चौथो नै भएको थियो। त्यतिखेर हङकङसँगै सेमिफाइनलमा ९ विकेटले पराजित भएको नेपालले चौथो स्थानको प्लेअफमा थाइल्यान्डलाई १३ रनले नतिजा सुम्पेको थियो।
चियाङमाइस्थित प्रेम ओभलमा टस जितेको नेपाल ३६.१ ओभरमा १ सय ३ रनमा अलआउट भयो। हङकङले २४ ओभरमै लक्ष्य पूरा गर्योम। लाइ वि किङले ४० रन बनाउँदै हङकङलाई सजिलो विजय दिलाए। उनले ३९ बल खेली ६ चौका प्रहार गरे। यिप स्जे वानले अविजित ३० रन बनाइन्। उनले ५२ बलको इनिङ्समा ३ चौका प्रहार गरिन्। नेपालबाट सीता रानामगरले २ र सोनु खड्काले १ विकेट लिए।
नेपालको सुरुआत राम्रो थिएन। नीरा राजोपाध्याय ३ रनमै आउट भइन्। सरिता मगरले खाता खोल्न सकिनन्। सीता १० र ममता थापा १२ रनमा पवेलियन फर्किए। सरस्वती चौधरी र कप्तान रुबिना क्षेत्रीले नेपालको इनिङ्स तान्ने प्रयास गरेका थिए। सरस्वतीले १६ र रुबिनाले २२ रन बनाए। रुबिनाले ३६ बल खेली ४ चौका प्रहार गरिन्। त्यसपछि ममता चौधरी १, तृष्णा सिंह ७, करुणा भण्डारी ८ र कविता गौतम १ रनमा आउट भए। हङकङबाट मारिना लामप्लोघले ४ र इशिता गिडवानीले ३ विकेट लिए।
६ फागुन, कञ्चनपुर । नविल बैंकको रकम लुट प्रकरण नबिल बैंक महेन्द्रनगर शाखाको २ करोड ३१ लाख रकम लुटपाटमा संलग्न रहेको आशंकामा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा नबिल बैंक शाखा महेन्द्रगरका प्रबन्धक बिसन सिंहका भाइ दिलबहादुर सिंह समेत छन् । उनलाई चाँदनीबाट पक्राउ गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक रमेश पण्डितले बताए ।
बैंकका कर्मचारी र सवारी चालकसमेत अनुसन्धानमा तानिएका छन् । यसअघि पक्राउ गरी हिरासतमा राखिका कर्मचारीलाई पनि पुनः सोधपुछका लागि पक्राउ गरिएको हो ।
गत मंसिर २४ गते नबिल बैंक शाखा कार्यालय महेन्द्रनगरबाट धनगढीस्थित राष्ट्र बैंकमा रकम जम्मा गर्न जाने क्रममा हतियारधारी समूहले कैलाली र कञ्चनपुरको सीमा क्षेत्र मालाखेतीबाट दुई करोड ३१ लाख लुटपाट गरेका थिए । रासस
१ फागुन, काठमाडौं । राजधानीबासीलाई खुशीको खबर छ । नेपाल टेलिकमले राजधानीका सार्वजनिक स्थानलाई वाईफाई हटस्पट जोन बनाएको छ, जुन स्थानमा २२ दिनसम्म निःशुल्क वाईफाई इन्टरनेट चलाउन सकिनेछ । टेलिकमले आफ्नो १०औं वाषिर्कोत्सवको अवसर पारी २२ दिनसम्म निःशुल्क वाईफाई सेवा उपलब्ध गराएको हो । पछिल्लो समय टेलिकमले ५ सय भन्दा बढी सार्वजनिक स्थानहरुमा वाईफाई हटस्पट जोन बनाउन लागिरहेको छ ।
टेलिकमले राजधानीका धरहरा क्षेत्र, गोंगबु बसपार्क, लाजिम्पाट चोक (उत्तरढोका), नयाँ बानेश्वर चोक, कोपुण्डोल गुसिंगाल एडभान्स ईन्जिनियरिङ कलेज वरपर, सितापाइला चोक, एक्मी इन्जिनियरिङ कलेज वरपरको स्थानलाई वाईफाई हटस्पट जोन बनाएको हो ।
त्यसैगरी, हेल्पिङ हृयाण्ड कम्युनिटी हस्पिटल चाबहिल, बयोधा हस्पिटल बल्खु, स्टार हस्पिटल सानेपा, नेको नेपाल मनमोहन स्मृति हस्पिटल, भृकुटीमण्डप, नरसिङ चोक ठमेल, वीर हस्पिटल, गंगालाल हस्पिटल, टिचिङ हस्पिटल, कालिमाटी काठमाडौं इन्जिनियरिङ कलेज वरपर, काठमाडौं मेडिकल कलेज हस्पिटल सिनामंगल, केशर महल चोक, पाटन हस्पिटल, मंगल बजार ललितपुर चेम्बर अफ कमर्शको सचिवालय वरपर निःशुल्क वाईफाई इन्टरनेट चलाउन पाइने बताईएको छ ।
वाईफाई हटस्पट चलाउनका लागि टेलिकमको पोष्टपेड तथा पि्रपेड मोबाइलका ग्राहकहरुले वाईफाई टाईप गरी १४१६ मा म्यासेज पठाउनुपर्ने छ । म्यासेज पठाएपछि टेलिकमले पासवर्ड उपलब्ध गराउने छ ।
टेलिकमका अनुसार मोबाइल वा ल्यापटपको वाईफाई मेनुमा गएर एनटी वाईफाई लाई कनेक्ट गर्नुपर्ने हुन्छ । त्यसपछि आउने वेब पेजमा युजर नेम बक्समा आफ्नो मोबाइल नम्बर टाइप गर्ने र पासवर्ड बक्समा म्यासेजबाट प्राप्त पासवर्ड टाइप गरी इन्टरनेट चलाउन सकिने छ ।
१ फागुन, काठमाडौं । एसीसी वुमन प्रिमियर क्रिकेटमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ । थाइल्यान्डमा जारी प्रतियोगितामा पहिले व्याटिङ थालेको नेपालले ४० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालले २८ ओभरमा सबै विकेट गुमाएर ३९ रन मात्र जोड्न सक्यो । निकै खराव प्रदर्शन गरेको नेपालका लागि सरस्वति चौधरीले ११ रन बनाउनु बाहेक अन्यले दोहोरो रन जोड्न सकेनन् ।
नीरा राजोपाध्यायले ५ रन जोडिन् भने ममता थापाले ३, सरिता मगर, ममता चौधरी, शोभा आले र रुविना क्षेत्री समान २ रनमा आउट भइन् भने कालन श्रेष्ठले १ रन बनाइन् । सीता मगर, करुणा भण्डारी र सोनु खड्का खाता नै नखोली पभेलियन फर्किइन् । नेपालले ११ अतिरिक्त रन जोडेको थियो ।
जवाफी व्याटिङ गरेको थाइल्याण्डले १३ ओभर खेल्दै २ विकेटको क्षतिमा निर्धारित लक्ष्य पूरा गरेको थियो ।
काठमाडौ, माघ २८ - नेपालमा फिल्म बन्न थालेको पचास वर्ष भएको छ । नेपालबाहिर बनेको फिल्मलाई गणना नगर्दा पनि नेपाली फिल्मले 'हाफ सेन्चुरी' पुरा गरेको छ । तर, यो अवधिमा बनेका एकदमै राम्रा, अर्थपूर्ण र स्मरणीय तपाईं कतिवटा फिल्म सम्झिन सक्नुहुन्छ ? पछिल्लो दस वर्षमा यस्ता फिल्म बन्ने क्रम बढ्दो छ । चाहे 'लुट' होस् वा 'साँघुरो', 'नुमाफुङ' र 'मुकुन्डो'बाट सुरु भएको भिन्न स्वादका फिल्मको निर्माण जारी छ ।
'झोला' यो क्रमको एउटा कडीका रूपमा आइपुगेको छ । तर, सुरुमै प्रस्ट पारौं, 'झोला' न 'लुट' जस्तो 'इन्टरनेटिङ' फिल्म हो न 'नुमाफुङ' जस्तो 'ग्राउन्डबे्रकिङ' फिल्म । तैपनि, यसले केही विशेषता बोकेको छ, जसका कारण यो फिल्म सजिलै स्मृतिबाट मेटिंदैन ।
कृष्ण धरावासी नेपाली साहित्यमा नाम कमाएका लेखक हुन् । 'राधा' उपन्यासबाट मदन पुरस्कार पाएका भए पनि उनका धेरै प्रशंसकहरू 'झोला' र 'शरणार्थी'लाई धरावासीका उत्कृष्ट रचना मान्दछन् । उनको त्यही चर्चित कथा 'झोला' माथि यादव भट्टराईले यो फिल्म बनाएका हुन् ।
'झोला' अहिलेको समयबाट सुरु भए पनि यसले कथा भने सय वर्ष पहिलेको भन्छ । इतिहासको कालखण्ड वा पात्रहरूमाथि बनिने 'पिरियड ड्रामा'हरूको हाम्रोमा नितान्त कमी छ । यादवले त्यसतर्फ पहल गरेका छन् । चलेका फिल्मी मसलाको मिश्रण नगरिएको यो फिल्म अन्य फिल्मको तुलनामा छोटो पनि छ । र, एउटै ट्रयाकमा हिँड्ने मूल कथामात्रै समातेकाले फिल्म यताउता भड्किंदैन पनि ।
एउटा वृद्ध पति, उसकी जवान श्रीमती र नाबालक छोराको वरिपरि फिल्मको कथा घुमेको छ । कुनै गाउँका यी निवासीको जीवनमा एउटा मृत्युले ल्याउने परिवर्तनको कथाको किलोमा यो 'झोला' अडिएको छ । पतिको मृत्यु भएपछि पत्नीले उसको चितामा जिउँदै जलेर सती जानुपर्ने कुप्रथालाई फिल्मले दर्साउँछ । र, बिस्तारै त्यो कुप्रथाविरुद्ध कसरी विद्रोह सुरु भएको थियो भन्ने पनि बताउँछ ।
नेपालको इतिहासमा सती प्रथा एउटा लैंगिक विभेद, उत्पीडन र अन्यायको प्रथाका रूपमा रहेको देखिन्छ । नेपालमा मात्र नभएर यो प्रथा भारतका हिन्दुहरूमा पनि भएको पाइन्छ । सन् १८५७ को लखनउ विद्रोहको कथामा केतन मेहताले बनाएको हिन्दी फिल्म 'मंगल पाण्डे, द राइजिङ'मा पनि सतीको प्रसंग छ । अन्य साहित्यमा पनि यो प्रसंग पाइन्छ । 'झोला'ले सुरुदेखि नै दर्शकलाई त्यतिबेलाका नारीको पीडा देखाएर रुवाउने प्रयास गरेको छ । यो प्रयासमा फिल्म सफल छ । यो करुणाकै बीचमा समाजमा रहेको बेमेल र असमानता दर्साउने काम पनि फिल्मले गर्छ ।
कथाकारले साहित्यिक कथाका रूपमा लेखेको कथाबाट तलमाथि नगरी जस्ताको तस्तै निर्देशकले फिल्ममा उतारेका छन् । सकेको भए, साहित्यिक कथाभन्दा अझै विस्तारमा गएर त्यो बेलाको समाजको चित्रण गरेको भए झन् राम्राे हुने थियो । त्यो बेलाको सामाजिक तथा आर्थिक संरचना तथा राजनीतिक परिदृश्यको कल्पना पनि निर्देशकले गर्न सक्थे । तर, उनी त्यतातिर लागेका छैनन् । तर, जति कथा समाएका छन्, त्यसमा इमानदार छन् । ठूलो कथा नभई एउटा घटनामाथि बनाइएका कारण पनि फिल्मले आफ्नो लय गुमाउँदैन ।
इतिहासलाई फर्किएर हेर्दा जहिल्यै एउटा दृष्टिकोणसहित हेरिन्छ । सपाट नजरले हेर्ने इतिहासले कुनै अर्थ दिंदैन । यादव भट्टराईले चन्द्रशमशेरले सती प्रथा उन्मूलन घोषणा गर्नुअघिको त्यो इतिहासलाई विद्रोह र करुणा मिश्रति नारी नजरले हेरेका छन् । जसले प्रश्न गर्छ, 'लोग्ने मर्दा स्वानी जिउँदै जल्नुपर्ने, तर स्वास्नी मर्दा लोग्नेले हाँसीहाँसी बिहे गर्न पाउने ?' अहिले सती जानु नै नपरे पनि कतिपय महिलाका लागि पीडाको स्थिति उस्तै होला र कतिपय पुरुषका लागि छनोटको सुविधा पनि उस्तै होला । यसैले यो इतिहासलाई मात्र गरिएको प्रश्न होइन, यदि हो भने पनि यसको उत्तर आजमा खोजिनुपर्छ ।
यो फिल्मको अर्को विशेषता कलाकारहरूको राम्रो अभिनय हो । गरिमा पन्त, देशभक्त खनाल, लक्ष्मी गिरी र दीपक क्षत्रीलाई फिल्ममा हेर्दा ती पुरानै समयका मानिस हुन् कि जस्तो लाग्छ । फिल्मको कलर टोन र सिनेम्याटोग्राफी पनि राम्राे छ । साँघुरा र क्लोजअप सटहरू बढी खेलेर सिनेम्याटोग्राफर दीपक बज्राचार्यले अहिलेको समयलाई त्यो फ्रेममा घुस्न दिएका छैनन् भने अर्कातिर फिल्मको कथामा पनि ती सटहरू अर्थपूर्ण रूपमा मिलेका छन् ।
आफ्नो पहिलो फिल्ममा यादव भट्टराईले प्रशस्त मेहनत गरेको देखिन्छ । बाबु मर्दा छोराले बनाएको दाउराको टाँड भत्किनेजस्ता केही सुन्दर विम्ब उनले प्रयोग गरेका छन् । उनको कलात्मकता लामा लामा दृश्यहरूमा पनि देखिएको छ । नायिकालाई घरदेखि घाटसम्म पुर्याउँदाको लामो प्रक्रियालाई उनले सुन्दर ढंगले उतारेका छन् ।
कृष्ण धरावासयी आफैंमा 'रुवाउने' साहित्य लेख्ने लेखकका रुपमा चिनिन्छन्, त्यसमा यादवले आफ्ना पनि आँसु थपिदिएका छन् । पात्रहरुको मनोदशालाई अझैबढी मौनमा खेल्न सकेको भए, फिल्मको गहिराई अझै बढ्थ्यो होला । अत्यन्त 'लाउड' र बढी भावुक हुनु यो फिल्मको गुण र दोष दुवै हो । यसले कतिपय दर्शकलाई झर्को लाग्न पनि सक्छ । अन्यथा, एउटा फरक फिल्मको रुपमा 'झोला'को लामो समयसम्म चर्चा हुनेछ ।

२९ माघ, काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले एमालेलाई गृह मन्त्रालय दिने कुनै सहमति नभएको वताएका छन् ।
संविधानसभाको भवन नयाँ बानेश्वरमा बुधवार बसेको संविधानसभाको बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री कोइरालाले गृह मन्त्रालय दिनेबारे एमालेसँग सहमति नभएको वताएका हुन् ।
उनले सरकारले केही दिनमै पूर्णता पाउने समेत दावी गरे ।
यस्तै विनाविभागीय मन्त्री एवम् कांग्रेसका तर्फवाट वार्ता टोलीका सदस्य समेत रहेका डा. रामशरण महतले एमालेलाई गृह मन्त्रालय दिने कुनै कुराकानी नभएको वताए ।
उनले भने,’गृहमा दुबै दलको दावी छ । तर गृह मन्त्रालय एमालेलाई दिने सहमति भएको भन्ने कुरा सहि होइन ।’ गृहमन्त्रालय नपाएर नै हिजो सपथ ग्रहण कार्यक्रममा एमाले सभासदहरु उपस्थित नभएको कुरा आफूहरुले जानकारी पाएको महतले वताए । महतले एमालेलाई सरकारमा ल्याउनका लागि प्रयास भइरहेको जानकारी दिए ।
गृहमन्त्रालय एमालेलाई दिने भएको सहमति कांग्रेसले उल्लंघन गरेर बेइमानी गर्यो रे हो ? भन्ने पत्रकारहरुको प्रश्नको जवाफ दिँदै महतले बेइमानी कांग्रेस र एमाले दुवै दलवाट नभएको वताए । उनले भने,’ गृहदिने त्यस्तो सहमति केही भएको छैन । बेइमानी कांग्रेसवाट पनि भएको होइन र उहाँहरु एमालेवाट पनि भएको छैन । सहमतिको प्रयास भइरहेको छ र केही दिनमै टुंग्याउँछौँ ।’
जब तपाईं फोनमा एउटा एप्स्बाट अर्को एप्समा जान चाहनुहुन्छ तब यसको गतिशीलतामा कमी आउँछ । कतिपय अवस्थामा तपाईंको फोन ह्याङ् हुने समस्या पनि देखिन्छ ।
उच्च गतिका पछिल्ला प्रोसेसरहरु प्रयोग गरिएका महंगा एन्ड्रोइड फोनमा पनि यस्तो समस्या देखिन्छ । यसो हुनु फोन बिगि्रएर वा तपाईले झुर फोन किनेका कारण हैन् । एन्ड्रोइड स्मार्टफोनमा तपाईले जति बढि एप्स इन्स्टल गर्दै जानुहुन्छ त्यति नै फोन लोड बढ्छ ।
तपाईले केही सामान्य उपायहरु अपनाउनु भयो भने स्मार्टफोनलाई सुरुकै जस्तो गतिशिल राखिरहन सकिन्छ ।
(१) अनाबश्यक Apps हटाउनुहोस्
हरेक फोनमा इन्टरनल मेमोरी रहेको हुन्छ । एउटा कुरा याद राख्नुस्, फोनमा जति धेरै इन्टरनल मेमोरी रहन्छ, उति नै फोनको गतिशीलता बढी हुन्छ । मेमोरीलाइ खुकुलो राखिरहन फोनमा फोटो, म्युजिक वा एप्स धेरै छन् भने अनाबश्यक डाटा मेटाउनुस् । आफूलाई नियमित आवश्यक पर्ने एप्समात्र फोनमा राख्नुहोस् । अन्य सामाग्री पनि कमभन्दा कम राख्नुस् । धैरे लोड दिनुभयो भने फोनको स्पीड कम हुन्छ । फोनमा भएको फोटो, म्युजिक, डाटाहरु तपाईंले ड्रपबक्स वा गुगल ड्राइभ क्लाउड स्टोरेज सर्भिसमा स्टोर गर्न सक्नुहुन्छ ।
एप्सलाई एक्सटर्नल मेमोरीमा सेभ गरेर फोन जोगाउन सक्नुहुन्छ । कतिपय एप्स आफूलाई नियमित प्रयोगमा चाहिन्छ । तर, फोनको स्पीड कायमै राख्न खोज्नुहुन्छ भने ती एप्सहरु एक्सटर्नल मेमोरीमा सेभ गर्नुस् ।
एक्सटर्नल मेमोरीमा सेभ गर्नको लागि सेटिङ्गमा जानुहोस् अनि एप्स मेनु क्लिक गर्नुहोस् । अब जुन एप मूभ गर्न चाहनु भएको छ त्यसलाई सेलेक्ट गर्नुस् अनि ‘मूभ टू एसडी कार्ड’मा क्लिक गर्नुस् ।
(२) Cache क्लियर गर्नुस्
जब तपाईले फोनमा कुनै एप्स वा ब्राउजरमार्फत् कुनै वेबसाइट खोल्नुहुन्छ, त्यसबेला त्यहाँ रहेका निश्चीत डाटा मोबाइलको मेमोरीमा पनि स्टोर हुन्छन् । तपाईले अर्कोपटक खोल्दा तपाईको लोकल मेमोरीमा भएको चिज खुलोस र छिटो भन्नाका लागि यसो गरिएको हुन्छ । तर, यसले तपाईको मोबाइल मेमोरी उपयोग गरिरहेको हुन्छ र तपाईको मोबाइललाई ढिला बनाइराखेको हुन्छ ।
मोबाइललाई छिटो बनाउने हो तपाइले बेलाबेला यसरी स्टोर भएका डाटा हटाइरहनुपर्छ ।
यसका लागि फोनको सेटिङमा गएर एप्स मेनु खोल्नुस् । त्यसमा आवश्यक एप सेलेक्ट गर्नुहोस् र क्याच क्लियर गर्न सक्नुहुनेछ । यो प्रकृया केही झन्झटिलो अबश्य छ । यदि सजिलै फोनमा रहेको क्याच क्लियर गर्न चाहानुहुन्छ भने केही निःशुल्क डाउनलोड गर्न मिल्ने एप्सको पनि सहारा लिन सक्नुहुन्छ ।
यसका लागि गुगल प्लेमा गएर एप क्याच क्लिनर, क्लिन मास्टर वा एभीजी ट्यून अपजस्ता एपहरू डाउनलोड गरी त्यसमार्फत् सजिलै छोटो समयमा क्याच क्लिएर गर्न सकिन्छ ।
(३) widgets र live wallpapers कम राख्नुस्
धेरैजनाको तर्क छ, वीजेट्सले स्मार्टफोन सहज बनाउँछ । जबकि वीजेट्सको मात्र भर पर्ने हो भने यसले फोनको व्याट्री ब्याकअप घटाइदिन्छ । यदि तपाइ एन्ड्रोइड फोनलाइ तिब्र गतिमा चलाउन चाहानुहुन्छ भने कमभन्दा कम widgets चलाउनु पर्छ ।
नचाहिने widgets हटाउनका लागि तपाइले widget को icon माथि पाँच सेकेन्डजति प्रेस गर्नुहोस र फोन स्क्रीनको माथिल्लो भागमा remove सेक्सनमा ड्रयाग गर्नुस् ।
widgetsफोन स्लो गर्नुमा लाइभ वालपेपरहरु पनि जिम्मेवार छन् । यसले पनि वीजेट्स जस्तै फोन स्लो पार्छ । व्याट्री ब्याक अप कम गर्छ । त्यसैले लाइभ वालपेपरहरु कमभन्दा कम प्रयोग गर्नुस् ।
(४) एनिमेशन डिसेबल गर्नुस्
फोनमा एनिमेशन बढी भयो भने पनि फोनको गतिशीलतामा अवरोध आउँछ । एनिमेशन डिसेबल गरी फोनको प्रोसेसिङ स्पीड बढाउन सकिन्छ ।
android_developerएनिमेशन डिसेबल गर्न सेटिङमा जानुस् र डेभलपर अप्सन देखिन्छ । त्यसमा क्लिक गरेपछि तल ड्रअिङ अप्सन आउँछ । यहाँ विन्डो एनिमेशन स्केल, ट्रान्जिसन एनिमेशन स्केल र एनिमेशन ड्युरेशन स्केल आदि अफ गर्नुस् ।
(५) सफ्टवेयर अपडेट गर्दै रहनुस्
हामी कतिपयले फोन किनेपछि त्यसमा रहेको सफ्टवेयर अपडेट गर्न चासो दिदैंनौं । तर, फोनको गतिशीलता कायम राख्नको लागि नियमित सफ्टवेयर अपडेट गर्दै रहनुपर्छ । सुरुमा कम्पनीले दिँदा समस्या आउने सफ्टवेयर हुन सक्छ । यसलाई अपडेट भर्सनको सफ्टवेयर हालेर समाधान गर्न सकिन्छ । सामान्यतयाः अपडेटेड भर्सनमा समस्याहरु सुधार गरिएको हुन्छ ।
यसरी आफ्नो फोनको गतिशीलता कायम राख्न यसलाई नियमित अपडेट तथा अनावश्यक सामाग्रीहरु हटाउने काम गरिराख्नु पर्छ ।
त्यसबाहेक तपाइले परिक्षणाका लागि इन्स्टल गरेका वा जरूरी नै नपर्ने एप्स अनइन्स्टल गरेर पनि मेमोरी लोड कम गर्न सक्नुहुन्छ । यसका लागि फोनको सेटिङमा जानुस् र एप्स मेनु क्लिक गर्नुहोस् । जुन एप अनइन्स्टल गर्न खोज्नुभएको हो त्यसलाई सेलेक्ट गरी अनइन्स्टलमा क्लिक गर्नुहोस् । तर, कतिपय फोन कम्पनीले सुरुमै केही एप्स राखिदिएका हुन्छन जसलाइ तपाइ अनइस्न्टल त गर्न सक्नुहुन्न तर डेसएवल भने गर्न सक्नुहुन्छ ।





.jpg)




