आयो एन्ड्रोइड फोन ३२० जीबी क्षमता भएको
अहिलेसम्म नामै नसुनिएको एउटा अमेरिकी कम्पनीले हालसम्मकै सबैभन्दा धेरै क्षमता भएको एन्ड्रोइड स्मार्टफोन बनाएको छ ।
हालै अमेरिकामा सम्पन्न कन्जुमर इलेक्ट्रोनिक्स एक्सपोमा सेगस नामक कम्पनीले ‘सेगस भी २’ नामको यस्तो फोन प्रर्दशनीमा राखेको थियो ।
यो फोनको मुख्य बिशेषता भनेको तपाईले यसमा ३२० जीवीसम्म डाटा स्टोर गर्न सक्नुहुन्छ ।
फोनमा ६४ जीबी आन्तरिक क्षमता छ । जसमा १२८ जीबी क्षमताका दुईवटा माइक्रो एसडी कार्ड प्रयोग गर्न सक्नुहुन्छ । माइक्रो एसडी र आन्तरिक कार्डको क्षमता जोड्दा ३२० जीबी हुन्छ ।
पााच इन्च स्क्रिनयुक्त यो फोनमा पछाडीको क्यामेरा २१ मेगापिक्सेल क्षमताको छ भने सेल्फी क्यामेरा १३ मेगापिक्सेलको । दुवै क्यामेरा अप्टिकल इमेज स्टेबलाइजेसन प्रबिधियुक्त छन् ।
यसमा वायरलेस चार्जिङ, वायरलेस एचडीएमआई सुबिधा छन भने ३१०० एमएएच क्षमताको ब्याट्री जडित छ । एन्ड्रोइड किटक्याट ४.४.४ अपरेटिङ सिस्टम लाग्ने यो फोनमा पानी भित्र छिर्न सक्दैन् । एक मिटर गहिरो पानीमा ३० मिनेट डुब्दा पनि फोन बिग्रदैन् ।
डिजाइनमा त्यति धेरै सिर्जनशील नभए पनि नराम्रो भने छैन् । फोन उत्पादकले आगामी फेब्रुअरीदेखि बिक्रि खुला गर्ने बताएका छन् ।
सेगसले अहिलेसम्म फोनमा उपलब्ध सवैखाले सुबिधालाई उच्च बिन्दुमा दिन कोसिस गरेको देखिन्छ । स्टोरेज क्षमतामात्र हैन, ब्याट्री क्षमता र क्यामेराको क्षमता पनि उच्चबिन्दुमा दिएको छ ।
0 comments
Write Down Your Responses