सलमानले छाड्दा शाहरुखलाई चिट्ठा

बलिउड स्टार सलमान खानले कैयौँ सुपरहिट फिल्ममा काम गरेका छन्। उनले काम गर्ने प्रस्ताव अस्वीकार गरेका धेरै फिल्मले पनि बलिउडमा ठूलै हंगामा मच्चाएका छन्। उनले छाडेपछि शाहरुख खानले ती फिल्ममा काम गरेका थिए। दिलवाले दुल्हनियाँ ले जाएंगे सलमान खानलाई यो फिल्ममा काम गर्ने प्रस्ताव आएको थियो। उनले यो प्रस्ताव अस्वीकार नगरेको भए बलिउडमा शाहरुख खानको हैसियत के हुन्थ्यो, यसै भन्न सकिन्न। सलमानले काम गर्न अस्वीकार गरेको यो फिल्ममा शाहरुखले काम गरे। फिल्म यति हिट भयो कि यसले शाहरुखलाई बलिउडमा एकाएक स्थापित गराइदियो। सन् १९९५ मा रिलिज भएको यस फिल्मले मुम्बईको मराठा मन्दिर नाम गरेको सिनेमा हलमा प्रदर्शनको हजार हप्ता पार गरेको उपलक्ष्यमा केही समयअघि समारोह मनाएको थियो। बाजिगर सन् १९९३ मा रिलिज भएको थि्रलर मुभी 'बाजिगर'मा शाहरुख खानको नकारात्मक भूमिका छ। यो फिल्म पनि बलिउडमा सुपरहिट भयो। सलमानले फिल्ममा काम गर्ने प्रस्ताव अस्वीकार गरेपछि शाहरुखलाई चिट्ठा परेको थियो। चक दे इन्डिया सन् २००७ मा रिलिज भएको फिल्म 'चक दे इन्डिया'मा पनि शाहरुखको मुख्य भूमिका छ। रोचक कुरा के छ भने यो फिल्मका लागि पनि सुरुमा सलमान खानलाई प्रस्ताव गरिएको थियो। सलमानले अस्वीकार गरेपछि शाहरुखलाई फिल्ममा काम गराइएको थियो। फिल्ममा शाहरुखले हकी कोच कवीर खानको रोल गरेका छन्। यस रोलका लागि पहिले सलमानलाई प्रस्ताव गरिएको थियो। यो फिल्म पनि शाहरुखको पोल्टामा गयो। फिल्मबाट शाहरुखले 'बेस्ट एक्टर'को अवार्ड पनि जिते। जोश सन् २००० मा रिलिज भएको एक्सन–क्राइम ड्रामा 'जोश'मा म्याक्स नाम गरेको लिडिङ रोलका लागि सलमानलाई प्रस्ताव गरिएको थियो। तर, अन्य फिल्ममा व्यस्त सलमानले यो प्रस्तावलाई 'ओके' गर्न सकेनन्। पछि यसमा शाहरुखलाई लिइयो र यो फिल्म पनि सुपरहिट भयो।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.